चन्द्र महर्जन

नेपालको दोस्रो संविधान सभा सदस्य

चन्द्र महर्जन दोस्रो संविधान सभाको सदस्य हुन्। उनले नेपाली कांग्रेस को प्रतिनिधित्व गर्दै ललितपुर क्षेत्र नं २बाट २०७० को दोश्रो संविधानसभा चुनाव जितेका थिए । [१][२][३]

Chandra Maharjan
चन्द्र महर्जन
Chandra Maharjan addressing his voters after the victory at CA Election 2013.
Member of Constituent Assembly of Nepal
पद बहाली
November 2013
राष्ट्रपतिRam Baran Yadav
प्रधानमन्त्रीSushil Koirala
उपराष्ट्रपतिParamananda Jha
व्यक्तिगत विवरण
जन्म (1954-11-16) १६ नोभेम्बर १९५४ (उमेर ६९)
Lalitpur, Nepal
राष्ट्रियताNepali
राजनीतिक दलNepali Congress

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

चन्द्र महर्जन २०११ साल मंसिर १ गते ललितपुर ८ सुबाहालमा जन्मिएका हन् । उनका बाबुको नाम चन्द्रमान महर्जन र आमाको नाम बुद्धिमाया महर्जन हो ।

राजनीतिक वृति सम्पादन गर्नुहोस्

राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका महर्जनले २०२८ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०२८ सालमा तत्कालिन नेकपा चौम (चौथो महाधिवेशन)बाट राजनीतिक यात्रा थालेका महर्जन सुरुमा कम्युनिष्टप्रति आस्था राख्ने उहाँ २०३७ सालको जनमत सङ्ग्रहपछि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसको भातृ सङ्गठन, जनजाति सङ्घको केन्द्रीय सदस्य र विभागमा रहेर काम गरेका महर्जनले नेपाली कांग्रेसको जिल्ला सभापतिको जिम्‍मेवारी लिइसकेका छन् । महर्जनले २०४९ सालमा ललितपुर उपमहानगरपालिकाको उपमयेर भएका हुन्।

२०६४ सालको संविधानसभा चुनावमा ललितपुर २बाट पराजित भएका महर्जन  २०७० को दोस्रो संविधानसभाको चुनावमा भने ललितपुर क्षेत्र नं २बाट विजयी भएका थिए । उनले २३२३२ मत ल्याएर विजयी भएका हुन । ईंट्टा व्यवसायमा संलग्न महर्जन ज्यापू समाजको उपाध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानको महासचिव तथा रोटरी क्लवको संस्थापक सदस्य हुन् ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "MyRepublica :: Election Special", MyRepublica.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४ 
  2. "Nepalnews.com - News from Nepal as it happens :: Elected Members", Nepalnews.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  3. "Election Candidate - Chandra Maharjan", Ujyaaloonline.com, मूलबाट ८ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४