घुम्रपात अथवा टोर्नाडो (Tornado) एक प्रकारको दैविक प्रकोप हो । यो नेपाली भाषामा बिलकुलै नयाँ शव्द हो । अमेरिकामा यसलाई र्टोनाडो भनिन्छ । घुम्रपात आउदा कुनै ठाँउलाई केन्द्र बनाएर हावाले फन्को लगाउदै माथी जान्छ र जमिनमा भएका साना देखि ठूला ठूला संरचनाहरु समेत उडाएर आकासमा लैजाने गर्छ । वि.सं. २०७५ साल चैत्र १७ गते साँझ नेपालको बारा र पर्सा जिल्लामा यस्तो ठूलो किसिमको घुम्रपात पहिलो पटक देखिएको थियो । सानो किसिमको घुम्रपात भने हामी बेला बेलो आफ्नै घर आगनमा पनि देख्न सक्छौं । कतिपए नेपालीहरूले यसलाई बोक्सि नाचेको भनेर थु–थु गर्ने पनि गर्छन् । लामो समयको अध्ययन र छलफल पछि घुमि घुमि आउने र उत्पात मच्चाउने भएकाले यि दुबै शब्द समेटिने गरी नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई यो नाम सिफारिस गरेको हो ।  विभागका महानिर्देशकको संयोजकत्वमा गठित ८ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न ६ नाम छनोट गरेको थियो । ती ६ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण गर्न सिफारिस गरिएको हो । ‘घुम्रपात’ नयाँ शब्द भएकाले नेपाली शब्दकोषमा पनि राख्नका लागि पहल गरिने बताइएको छ ।[१]

घुम्रपात


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्