ग्यासरब्रम २ ( के४को नामले पनि चिनिने) चिनियाँ सिमा नजिक पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा अवस्थित विश्वको तेह्रौँ अग्लो हिमाल हो ।

ग्यासरब्रम २
के४
बेसक्याम्पबाट देखिएको ग्यासरब्रम २
सर्वोच्च बिन्दु
उचाइ८,०३५ मी (२६,३६२ फिट)
Ranked 13th (5th in Pakistan)
प्रमुखता१,५२३ मी (४,९९७ फिट)
भिन्नता५.२६ किमी (३.२७ माइल) Edit this on Wikidata
सूचीEight-thousander
Ultra
भूगोल
ग्यासरब्रम २ is located in तिब्बती पठार
ग्यासरब्रम २
ग्यासरब्रम २
Location on Pakistan/China border
स्थानGilgit-Baltistan (Pakistan)/ Xinjiang (China)
हिमशृङ्खलाKarakoram
आरोहण
पहिलो आरोहणJuly 8, 1956 by an Austrian team
सबैभन्दा सजिलो मार्गSnow/ice climb

प्रथम आरोहण सम्पादन गर्नुहोस्

सन् १९५६मा अस्ट्रियाली हिमालयन सोसाईटीले मोराभेक (Fritz Moravec) को नेतृत्वमा काराकोरम समूहको ग्याशरब्रम IIको जानकारी लिन र सम्भव भएमा आरोहण गर्नको लागि एक दल पठाएको थियो । उक्त दलमा डा. एरिक गटिङ्गगर -भूगर्भवेत्ता), सेप लार्च , हन्स राटे , रिचार्ड रेङ्गल , हेन्रिच रोइस , डा. जर्ज वईलर र हन्स विलेन्पार्ट समेतका सदस्यहरू थिए । क्याप्टेन क्वासीम अली शाह , स्यात अली शाह र केही भरियाहरूको सहयोग प्राप्त भएको थियो ।

आरोहण दलले एव्रुजी र दक्षिणी ग्याशरब्रुम हिमनदीको बीचमा एक आधार शिविर स्थापना गर्‍यो, अर्को शिविर I चुचुराको दक्षिण-पश्चिमी ढिस्कोमा राख्यो । रेटे र रोसिसले हिउाको धार चढेर ढिस्कोमा पुगी ६,७०० मिटरमा दोस्रो शिविर स्थापना गरे । लार्च र रेङ्गलले ढिस्कोभन्दा माथि ७,१५० मिटरमा तेस्रो शिविर खडा गरे । जुलाई ६मा मोराभेक, लार्च र विलन्पार्ट तेस्रो शिविरबाट गह्रुङ्गो भारीसहित बोत्तल अक्सिजन बिना चढ्दै गए । अनवरत रूपमा हिउा परिरहेको भए पनि डोरी प्रयोग नगरिकन साझमा सानो समतल ठाउामा पुगे । दक्षिण-पूर्वी मोहडाको एउटा ढिस्को मुनि अस्थायी शिविरको लागि ठाउा भेट्टाए । उक्त ठाउा करिब ७,५०० मिटरको उाचाइमा थियो । भोलिपल्ट बिहान तीनैजना आरोहीहरू दक्षिण-पूर्वी मोहडाको फेदीमा पुगे । बिहान ९ बजेसम्ममा तिनीहरू पूर्वी धारमा पुगिसकेका थिए । बाक्लो हिउा र स-साना चट्टानका ढिस्का भएको पर्वतीय धार हुादै गएपछि तिनीहरू जुलाई ७मा बिहान ११.३० बजे चट्टानयुक्त गुम्बज आकारको वास्तविक शिखरमा पुगे ।

सन् १९०९ -इटाली) : अव्रुजीका शासक ड्यूक ९म्गपभ या तजभ को नेतृत्वमा इटालीका फोटोग्राफर एस्. सेला समेतले ग्याशरब्रम समूहको उत्तरतिर रहेको चोगोलिसा ९ऋजयनयष्किब०बाट अन्वेषण गरे ।

सन् १९३४ -अन्तर्राष्ट्रिय दल) : स्वीस पर्वतारोही जी.ओ. दाइरनफुर्थ को नेतृत्वको आरोहण दलले ग्याशरब्रुम IIको दक्षिणी भागबाट आरोहण गर्ने सम्भाव्यता अध्ययन गरी ६,२५० मिटर आरोहण गर्‍यो । दलको अर्को अनुसन्धानले भावी विकासको आधार निर्माण गर्‍यो । सन् १९५६ -अस्ट्रिया) पि|mज मोरावेक को नेतृत्व दलका पि|mज मोराभेक , सेप लार्च र हन्स विलन्पार्टले जुन ७मा शिखर आरोहण गरे ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्