ग्यालेक्सी सार्वजनिक विद्यालय

काठमाडौँमा अवस्थित अङ्ग्रेजी उच्च माध्यमिक विद्यालय

ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वर, काठमाडौँमा अवस्थित अङ्ग्रेजी उच्च माध्यमिक विद्यालय हो ।[][][] सन् १९८६ मा स्थापित यस विद्यालयले अनुमानित २,५०० भन्दा बढी विद्यार्थीहरूलाई प्राथमिक तहदेखि उच्च शिक्षा प्रदान गर्छ । माध्यमिक शिक्षा परीक्षापछि १० जोड २ मा विज्ञानवाणिज्यको व्यवस्था गरिएको छ ।

ग्यालेक्सी पब्लिक स्कूल
स्थान
नक्सा
,
जानकारी
प्रकारसहशिक्षा
आदर्श वाक्यमाया र सेवा
स्थापनासन् १९८६
प्रधानाध्यापकसुरिना गुरुङ
विद्यार्थी सङ्ख्या२५०० (अनुमानित)
एथलेटिक उपनाम
  • ग्यालेक्सी
  • जिपिएस
वेबसाइटwww.galaxy.edu.np

सबै कक्षामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, वातावरण विज्ञान, सामाजिक, नैतिक शिक्षा, कम्प्युटर विज्ञान तथा कला र शिल्प सिक्नु आवश्यक छ । अनौपचारिक रूपमा दिइने प्राथमिक शिक्षाका लागि भर्ना हुन विद्यार्थी कमसेकम ३ वर्षको हुनुपर्छ । विद्यार्थीहरूलाई पढाइका साथै मौखिक प्रस्तुति, खेलकुद, छोटामोटा परीक्षण र अवलोकनमा भाग लिन प्रोत्साहित गरिन्छ । बालबालिकालाई आफ्नो समाजबारे सचेत गराउन र राम्रो बानीबेहोराको विकास गराउन शिक्षकले श्रव्यदृश्यको प्रयोग गर्छन् । प्राथमिक शिक्षामा अतिरिक्त क्रियाकलापको साथमा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर विज्ञानको परिचय दिइन्छ ।

काठमाडौँ उपत्यका बाहिर बस्ने विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था गरिएको छ । प्रधानाध्यापकको प्रत्यक्ष पर्यवेक्षणमा रहेको छात्रावासमा वार्डन र मेट्रनलाई हेरचाहकर्ताको भूमिकामा राखिएको छ । यस विद्यालयको छात्रावास पौराणिक समयमा प्रचलित गुरुकुल प्रणालीबाट प्रेरित भएको छ ।

छात्रावासमा विद्यार्थीहरू सँगै बस्छन्, सँगै पढ्छन् र सँगै खेल्छन् । निश्चित समय सारिणी भएको छात्रावासमा विद्यार्थीहरूको दिन बिहान ५:३० मा सुरु भई राति ८:३० मा सकिन्छ । बिहान र बेलुका अतिरिक्त शिक्षा प्रदान गरिन्छ । समय सारिणीले विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने पनि सुनिश्चित गरेको छ ।[]

स्वास्थ्य सुविधा

सम्पादन गर्नुहोस्

विद्यार्थीको स्वास्थ्यलाई स्वास्थ्य सेवकले पर्यवेक्षण गर्छन् । नर्सको मातहतमा १० ओटा खाट भएको बिरामी राख्ने कोठा छ । विद्यार्थीको स्वास्थ्यलाई नियमित रूपमा जाँच गरिन्छ । आपतकालीन अवस्थामा विद्यार्थीलाई अभिभावकलाई जानकारी गराई अस्पताल लगिन्छ ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "‘निजी विद्यालयका ४० प्रतिशत विद्यार्थी गाउँतिर", साझा पोस्ट, २०२०-०५-१४, अन्तिम पहुँच २०२०-०८-१८  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-२० मिति
  2. "कक्षा ९ मा पढ्दै छिन् करिष्मा (भिडियोसहित)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१८ 
  3. "देशकै महंगो ग्यालेक्सी स्कूलका शिक्षकहरूलाई तलब नदिएपछि आन्दोलन थाले", जनबोली (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१८ 
  4. "रियल स्कूल अफ नेपालको काठमाडौँ अडिसन सम्पन्न", छोटकरी, अन्तिम पहुँच २०२०-०८-१८