गोलकाक्री खान मिल्ने फल लाग्ने एक प्रकारको जङ्गली लहरा हो । यो बहुवर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो । नेपालको पहाडी बनपाखामाहरुमा पाईन्छ । यसको लहरामा परवरको जस्तो देखिने एक प्रकारको फल लाग्छ । फल हरियो रंगको हुन्छ । पाकेपछि रातो रंगको हुने फल हरियो हुँदै खादा केहि तितो टर्रो स्वादको भए पनि पाकेर रातो हुँदा गुलियो स्वाद पनि मिसिएको हुन्छ । फलभित्र सानासाना रामतोरीको जस्तो गेडाहरु पनि हुन्छन् ।

गोलकाक्री

लहराको जरा खन्ने हो भने सखरखण्ड जस्तो तरुल माटोभित्र फलेको पाइन्छ । यसको फल र कन्दमुल ज्वरो झाडापखाला आउँरगत जस्ता विभिन्न किसिमका रोगहरुमा प्रयोग गरेको पाइन्छ ।