गोर्खे बजार इलाम जिल्लाको एक प्राचीन बजार हो। मयू खोलाको किनारमा रहेको उर्वर फाँटमा अवस्थित यो बजार राणाकाल देखिकै पूर्वको गतिलो नाका थियो। राणा प्रधानमन्त्री देव शम्शेर सत्ताच्यूत भएपछि धनकुटा हुँदै इलाम धपाइएका र यिनी इलामबाट गोर्खे बजारकै बाटो भागेर भारत पसेका थिए। इलाम बजारमा २०१२-१२-१२ मा गाडी पुग्दा भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ, गोर्खेबजार, नाम्सालिङ, माइबेनी हुँदै गाडी लगिएको थियो। गोर्खे बजारको नजीकै रहेको मयू खोलामा रिजर्भ वाटरको जलविद्युत गृह निर्माण गरिएको छ। पछि फिक्कल बजारबाट पशुपतिनगर हुँदै मोटरबाटो भारत सीमानामा जोडिएपछि हाल गोर्खे बजारको अवस्था दयनीय बन्न पुगेको छ। यहाँ नेवार, मारवाडी, तामाङ, लिम्बू, राई, क्षेत्री, बाहुन आदि जातका मानिसहरूको बसोबास रहेको छ।


सन्दर्भ- गोर्खे बजार- संवत् २०१५ साल आषाढ १ गते आईतवार बिहान ०६/५० मा पिता रामश्वरुप मित्तल र आमा मनहरी देवी दुई छोरा र दुई छोरी मध्ये माईली छोरी भएर गोर्खे बजारमा जन्मनु भएको रहेछ आज २०७६/११/२१ मा अचानक वहाँसँग सिलिगुडी मा भेट भयो । बचपनमा आफू जन्मेको ठाउँ हो सारै राम्रो थियो भनेर वर्षौं अघि छोडेर आएको आफ्नो जन्मभूमि संझेर रुनुभयो मलाई त्यो देखेर गोर्खे बजार को विकी पिडिया हेरेर यो आजको घटना उल्लेख गर्न मनलाग्यो । अस्तु