२०१७ सालतिर योगी नरहरिनाथले गोरखामा स्थानीय जनतालाई भड्काई कर नर्तिन, वन राष्ट्रियकरण गर्न नदिने, स्थानीय प्रशासन उल्ट्याउने आदि गरिएको कर्मको परिणति 'गोर्खा काण्ड' हो। त्यसबखत कर्मवीर महामण्डलमार्फत यस्ता कार्य भएको र बडाहाकिमले कार्यालयमा छापा मारे। यस काण्डमा प्रहरीद्वारा चलाईएको गोलीबाट ७ जनाको मृत्यु भएको थियो।