गोपाल किराती
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
गोपाल किराती नेकपा (माओवादी केन्द्र) का अध्यक्ष हुनुहुन्छ । उहाँको संक्षिप्त विवरण यसप्रकार छन्ः–
१. जन्मः २० अक्टोबर, १९६५ । सोताङ –१, सोलुखुम्बु, नेपाल ।
२. आमा शीलशोभा राई (पुमा) र बाबु पृथ्वीबहादुर राई (नाछिरिङ) ।
३. पाँच बहिनी र चार भाईमध्ये परिवारको साइला सदस्य ।
४. वर्गः गरिब किसान हुँदै सर्वहारा ।
५. शिक्षाः हुलु निम्न माध्यमिक विद्यालय, स्व–अध्ययन तथा विचारधारात्मक संघर्ष र वर्गसंघर्ष ।
६. राजनीतिक यात्राः
- सन् १९८२ देखि काठमाडौंबाट पर्यटन मजदुरी ।
- डिसेम्बर १९८३ मा तत्कालीन निर्मल लामा समूहका हरिनारायण राईको सम्बन्धबाट माक्र्सवादी विचारमा प्रतिबद्ध र स्वतन्त्र वाम कार्यकर्ता ।
- १९८८–१९८९ मा निर्दलीय पञ्चायत विरुद्ध राजनीति गरे वापत राज्य विरुद्धको अपराध अभियोगमा सोलु–राजविराज १० महिना कारावास ।
- १९९० को जनआन्दोलनमा, दरबारमार्ग काठमाडौंको भिडन्तमा गम्भीर घाइते ।
- मे १९९० मा गठित जातीय मुिक्तको सवाल उठाउने नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य । तर एम.एस. थापा र गोरेबहादुर खपाङ्गी राजावादी भएको देखिएपछि त्यस समूहबाट सम्बन्ध विच्छेद ।
- अगष्ट १९९२ मा, किरात स्वायत्त राज्य स्थापनाको लक्ष्यमा गठित खरामो (खम्बुवान राष्ट्रिय मोर्चा) को अध्यक्ष ।
- २६ फेब्रुअरी १९९६ मा विज्ञप्ति जारी गरी नेकपा (माओवादी) नेतृत्वको सशस्त्र जनयुद्धमा समर्थन ।
- ७ जुलाई १९९७ मा काँग्रेस–एमाले सरकारद्वारा कक्षा १ देखि १० सम्म बलात थोपरिएको अनिवार्य संस्कृत कक्षा विरुद्ध माझकिरातका तीन संस्कृत विद्यालयमाथि बम विस्फोटन कारवाही गरी सशस्त्र भूमिगत आन्दोलन घोषणा र पूर्वमा आन्तरिक राष्ट्रिय मुक्ति आन्दोलनको व्यापक जनकारवाही ।
- जुलाई २००१ रोल्पामा नेकपा (माओावादी) द्वारा आयोजित संयुक्त क्रान्तिकारी जनपरिषदको केन्द्रीय सदस्य ।
- अक्टोवर २००१ मा, संखुवासभामा खरामो र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाबीच एकताबाट बनेको किराती राष्ट्रिय मोर्चाको महासचिव ।
- तत्कालीन नेकपा (माओवादी) नेतृत्वले संकटकालको जटिल संघर्षमा जिम्मेवारी र सम्पर्कविहीन बनाएको कारण जुलाई २००२ मा पूर्व खरामो पृष्ठभूमिका नेताहरूको भेला गरी किरात वर्कर्स पार्टी गठन र पूर्वमा सशस्त्र आन्दोलनको निरन्तरता ।
- जुलाई २००३ मा नेकपा (माओवादी) मा एकीकरण र पार्टी केन्द्रीय सदस्य ।
- जनवरी २००४ मा घोषित किरात स्वायत्त जनसरकारको अध्यक्ष ।
- अप्रिल २००४ मा पार्टी पोलिटब्युरो सदस्यमा बढुवा ।
- जुलाई २००४ को रोल्पा (फुन्टिवाङ) बैठकद्वारा मेची–कोशी ब्युरो इन्चार्ज र पूर्वमा व्यापक फौजी कारवाही ।
- जुन २००६ मा धरानस्थित एक पार्टी कार्यक्रम मार्फत सार्वजनिक ।
- डिसेम्बर २००६ मा कोशी व्युरो इन्चार्ज ।
- जुलाई २००७ मा किरात राज्य समितिको इन्चार्ज र प्रथम संविधानसभा निर्वाचनमा किरात राज्यको १२ मध्ये १० स्थानमा आफूसहित निर्वाचित ।
- अगष्ट २००८ मा गणतन्त्र नेपालको संस्कृति तथा राज्य पुनःसंरचना मन्त्री । आठ सय जिल्लाको नयाँ नेपालको विचार सार्वजनिक एवं पशुपतिमा भारतीय भट्ट निष्काशन र नेपाली ब्राम्हण भट्ट नियुक्ति ।
- सेप्टेम्बर २०११ मा दोस्रो पटक संस्कृति मन्त्री र लुम्बिनी भ्रमण वर्ष–२०१२ को संयोजक ।
- जुलाई २०१२ मा पार्टीको कोचिला राज्य समिति इन्चार्ज ।
- २०१३ को हेटौँडा पार्टी महाधिवेशनमा पहिचानको विशिष्ट नीति निर्माणबारे फरक मतको संघर्ष ।
- मे २०१४ को विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी स्थायी समिति सदस्यमा निर्वाचित ।
- डिसेम्बर २०१४ को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय मुखपत्र ‘वैज्ञानिक समाजवाद’ को सम्पादक मण्डलको कार्यकारी ।
- जुलाई २०१६ मा प्रदेश १ पार्टी इन्चार्ज ।
- अक्टोवर २०१७ मा माओवाद र पहिचान मुद्दा रक्षार्थ पार्टीमा प्रचण्डसँग वैचारिक मतभेद ।
- जुन २०१८ मा नेकपा (माओवादी केन्द्र) पुनर्गठन र अध्यक्षको जिम्मेवारी ।
- फेब्रुअरी २०१९ मा ‘नेपाली माक्र्सवाद’ को विकासमा विशेष जोडसहित नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन सम्पन्न र अध्यक्ष पदमा निर्वाचित ।
७. भूमिगत राजनीति
जुलाई १९९७–जुन २००६ ।
८. विवाहः इलाम निवासी इन्द्रबहादुर एवाइराईकी छोरी गीता राईसँग अप्रिल १९९५ मा विवाह र एक सन्तान ।
९. विदेश भ्रमणः मन्त्रीको हैसियतमा थाइल्याण्ड, चीनको हङकङ, सङ्घाइ र बेइजिङ तथा पार्टी काममा भारत ।
१०. मनपर्नेः
- स्थानः पूर्वी नेपालको टेम्के ।
- खानाः किनेमा र ढिंडो ।
- अध्ययन तथा चिन्तन विषयः दर्शन र राजनीतिक कार्यदिशा निर्माण ।
- साहित्यिक विधाः उपन्यास र कथा ।
- गुरुहरुः माक्र्स, लेनिन, माओ, हो ची मिन्ह, पुष्पलाल र जननायक रामप्रसाद राई ।
११. लक्ष्यः
- वैज्ञानिक समाजवादको कार्यक्रममा देशभक्त जनप्रतिरोध संघर्ष निर्माण ।
- टिष्टा–काँगडा फिर्तासहितको श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरूको संयुक्त (राज्यसत्ता) समाजवादी गणतन्त्र नेपाल स्थापना । क्रमशः नेपालमा राजधानी हुनेगरी नेपाल, चीन र भारतबीच एकीकरणद्वारा एसियाली जनगणतन्त्र निर्माण । साम्राज्यवादलाई परास्त गरी विश्व साम्यवादी क्रान्तिको निरन्तर सेवा ।
१२. इच्छाः
- माक्र्सवाद र बौद्ध दर्शनका वैज्ञानिक पक्षहरुबीच समायोजनद्वारा नयाँ विचारको विकास गर्ने ।
- स्टेफन हकिङको ब्रम्हाण्ड विज्ञानलाई वर्गसंघर्षको सामाजिक विज्ञानसँग जोडेर माक्र्सवादको विकास गर्ने ।
१३. लेखनः
- जुन १९९१ देखि वैचारिक – राजनीतिक व्याख्या विश्लेषणमा आधारित विभिन्न सवालबारे लेखन प्रारम्भ ।
- विभिन्न प्रकाशनमा २०० बढी लेख–रचना प्रकाशित ।
- “महान जनविद्रोह” शीर्षकमा पार्टी पुनर्गठनयताको लेख–सङ्ग्रह प्रकाशन तयारी ।