गृह पृष्ठ वा सुरूवात पृष्ठ भनेको वेबसाइट वा ब्राउजरको प्रारम्भिक वा मुख्य वेब पृष्ठ हो। वेबसाइटहरूको प्रारम्भिक पृष्ठलाई कहिलेकाँही मुख्य पृष्ठ पनि भनिन्छ। गृह पृष्ठ वेबपृष्ठ रचना गर्नका लागि प्रयोग हुने लोकप्रिय कम्प्युटर अनुप्रयोग पनि हो। गृह पृष्ठ एक वेबसाइट हो जुन सम्पूर्ण इण्टरनेट उपस्थितिको लागि तयार पारिएको हुन्छ। सङ्कीर्ण अर्थमा, गृह पृष्ठ इण्टरनेटको उपस्थितिको केन्द्रिय सुरू पृष्ठको रूपमा प्रदर्शित हुन्छ। व्यापक अर्थमा, गृह पृष्ठ सम्पूर्ण इण्टरनेट उपस्थितिको लागि नामको रूपमा पनि प्रयोग गरिन्छ। कम्प्युटर शब्दमा, पृष्ठलाई गृह पृष्ठ, सुरूवाती पृष्ठ, मुख्य पृष्ठ, वा केन्द्र बिन्दुको रूपमा बनावट गरिएको वेबसाइटको प्रमुख पृष्ठ पनि भनिन्छ। धेरै जसो खण्डमा, गृह पृष्ठले वेबसाइटको प्रमुख पृष्ठको रूपमा कार्य सञ्चालन गर्दछ जून अन्य कम्प्युटरहरूमा सूचना पठाउँदछ र विशिष्ट जानकारी अनुरोध बिना सञ्जालमा जडान हुन्छ।

वेबसाइटका गृह पृष्ठ सम्पादन गर्नुहोस्

गृह पृष्ठ सामान्यतया एक मुख्य पृष्ठ हो जुन एक वेब खोज इञ्जिन वेबसाइट भ्रमण गर्नका लागि भ्रमणकर्ताहरूले प्रयोग गर्दछन् र यसले आगन्तुकहरूलाई आकर्षित गर्न अवतरण पृष्ठको रूपमा पनि काम गर्न सक्दछ।[१][२] गृह पृष्ठले हालसालैका लेख वा पृष्ठहरूलाई खोज बाकसमा सूत्रहरू प्रदान गरेर साइटका अन्य पृष्ठहरूमा पथ प्रदर्शन सुविधा पुर्‍याउनका लागि पनि प्रयोग गरिन्छ। उदाहरणका लागि, समाचार वेबसाइटले शीर्ष घटनाहरूको शीर्ष लेख वा पहिलो अनुच्छेदहरू प्रस्तुत गर्न सक्दछ। पूर्ण लेखहरूका लागि सूत्रहरू, एक गतिशील वेब पृष्ठमा प्रस्तुत गरिन्छ जसले घटनाहरूको लोकप्रियता र हालसालैका घटनाहरूलाई प्रतिबिम्बित गर्दछ।[३]  यसका साथै, अन्य वेबसाइटहरूले गृह पृष्ठ प्रयोग गरेर प्रयोगकर्ताहरू खाता सृजना गर्न आकर्षित गर्दछन्। एक पटक प्रयोगकर्ताहरू प्रवेश भएपछि गृह पृष्ठ उनीहरूको प्रोफाइल पृष्ठमा पुनःनिर्देशित हुन सक्दछ। एक वेबसाइटसँग बहु गृह पृष्ठहरू हुन सक्दछ।[४] यद्यपि अधिकांश वेबसाइटहरूसँग एक गृह पृष्ठनै हुन्छ।[५] उदाहरणको लागि, विकिपिडियासँग बहु गृह पृष्ठ छ जस्तै एनई डट विकिपिडिया डट ओआरजी, डिटिवाई डट विकिपिडिया डट ओआरजी, एनइडब्ल्यू विकिपिडिया डट ओआरजी, एमएआई विकिपिडिया डट ओआरजी, आदि।[६]

वेबसाइट संरचना सम्पादन गर्नुहोस्

वेबसाइटहरूसँग अन्तर्निहित सामग्री पृष्ठहरूको साथ गृह पृष्ठ हुन्छन् जबकि केहि वेबसाइटहरूमा एकल पृष्ठ मात्र हुन्छ।[७]

गृह पृष्ठको, समान संसाधन निर्देशक (युआरएल) प्राय: आधार-स्तर डोमेन नाम हो। जस्तै एचटिटिपिएस://विकिपिडिया[dead link] डट ओआरजी ऐतिहासिक रूपमा एचटिटिपि: //डोमेन डट टिएलडि/इण्डेक्स एचटिएमएल वा एचटिटिपी: //डोमेन डट टिएलडि/डिफल्ड डट एचटिएमएलमा फेला पार्न सकिन्छ, जहाँ "टिएलडि"ले वेबसाइटले प्रयोग गरेको शीर्ष-स्तर डोमेनलाई जनाउँछ।[८]

यदि गृह पृष्ठ एक वेबसाइटको लागि सृजना गरिएको छैन भने, धेरै वेब सेवकहरू पुनर्निर्धारित साइटको निर्देशिकामा अवस्थित फाइलहरूको सूची प्रदर्शन गर्नको लागि प्रयोग गरिन्छन्। यस सूचीले फाइलहरूमा हाइपरलिङ्क समावेश गर्दछ जसले अलग एचटिएमएल फाइल नबनाइकन साधारण फाइल साझेदारीको लागि अनुमति दिन्छ।[५]

ब्राउजरको गृह पृष्ठ सम्पादन गर्नुहोस्

गृह पृष्ठले पहिलो पृष्ठलाई सन्दर्भित गर्दछ जुन वेब ब्राउजर खोल्दा देखा पर्दछ। कहिलेकाँही यसलाई सुरुवात पृष्ठ पनि भनिन्छ। यद्यपि वेबसाइटको गृह पृष्ठलाई सुरुवात पृष्ठको रूपमा पनि प्रयोग गर्न सकिन्छ। बहु वेबसाइटहरूलाई सुरूवात पृष्ठको रूपमा स्थापित गर्न सकिन्छ जसलाई विभिन्न ट्याबहरूमा खोल्न सकिन्छ।

केहि वेबसाइटहरूले गृह पृष्ठलाई सुरूवाती पृष्ठहरूको रूपमा प्रयोग गर्दछन् जस्तै आई गुगल  (हाल निष्कृय), माई याहु! र एमएसएन डटकमले वेबमेल वा अनलाइन मौसम पूर्वानुमान जस्तो सामान्य रूपमा प्रयोग गरिएको सेवाहरूको सूत्र प्रदान गर्दछन्।[९]

गृह पृष्ठको इतिहास सम्पादन गर्नुहोस्

गृह पृष्ठ' वा सुरूवात पृष्ठ भनेको वेबसाइट वा ब्राउजरको प्रारम्भिक वा मुख्य वेब पृष्ठ हो। वेबसाइटहरूको प्रारम्भिक पृष्ठलाई कहिलेकाँही मुख्य पृष्ठ पनि भनिन्छ।[१०]

अन्य प्रयोगहरू सम्पादन गर्नुहोस्

व्यक्तिगत वेब पृष्ठलाई सामान्यतया गृह पृष्ठ पनि भनिन्छ, त्यस्ता वेबसाइटले धेरै पृष्ठहरू समावेश गर्न सक्दछन्।[११] यस प्रकारका व्यक्तिगत पोर्टलहरू विशेष गरी विश्वव्यापी वेबको अघिल्लो युगमा लोकप्रिय थिए। त्यस्ता सेवाहरूका उदाहरणहरू: माई याहु!, आइ गुगल , मेरो एक्साइट र माइ लाइकोस। गृह पृष्ठ वेब ब्राउजरहरूको बाहिर पनि प्रयोग गर्न सकिन्छ। गृह पृष्ठको प्रयोग गरी वेबसाइटमा प्रदर्शनलाई व्यवस्थित गर्न सकिन्छ।[१२] केहि देशहरू, जस्तै जर्मनी, जापान, दक्षिण कोरिया, र संयुक्त राज्य अमेरिकामा पहिला, गृह पृष्ठ शब्द सामान्यतया एकल वेब पृष्ठको सट्टामा पूर्ण वेबसाइटको रूपमा प्रयोग गरिन्थ्यो। 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Home Page as Landing Page examples - Smart Insights Digital Marketing Advice" (en-USमा), २०१४-०५-२३, अन्तिम पहुँच २०१६-०७-०१ 
  2. Campbell, Jennifer (२०१४), Web Design: Introductory, Cengage Learning, पृ: ७६, आइएसबिएन 978-1-305-17627-0 
  3. Jakob Nielsen (१२ मे २००२), "Top 10 Guidelines for Homepage Usability", nngroup.com, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१४ 
  4. Kalbach, James (२००७), Designing Web Navigation, O'Reilly Media, पृ: १०६, आइएसबिएन 978-0-596-55378-4 
  5. ५.० ५.१ "How do I enable directory listings for a folder on my Web site?", tigertech.net, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१४ 
  6. Bell, Gavin (२००९-०९-१७), Building Social Web Applications (अङ्ग्रेजीमा), "O'Reilly Media, Inc.", आइएसबिएन 9781449379414 
  7. Campbell, Jennifer (२०१४), Web Design: Introductory, Cengage Learning, पृ: ९४, आइएसबिएन 978-1-305-17627-0 
  8. Boyce, Jim (२०११), Windows 7 Bible, John Wiley & Sons, पृ: ३१८, आइएसबिएन 978-1-118-08127-3 
  9. Schofield, Jack (७ नोभेम्बर २०१३), "iGoogle: what are the best alternatives?", The Guardian, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१४ 
  10. "Creating Your Home Page | Computer Science & Engineering Help Pages", help.cs.umn.edu, अन्तिम पहुँच २०१६-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०७ मिति
  11. Crowder, Phillip; Crowder, David A. (२००८), Creating Web Sites Bible, John Wiley & Sons, पृ: १६, आइएसबिएन 978-0-470-37259-3 
  12. Staff, Verge (२०१३-०९-१६), "iOS: A visual history", The Verge, अन्तिम पहुँच २०१६-०७-०१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्