वैज्ञानिकहरूले गुरु बृहस्पतिग्रहशुक्रग्रह पृथ्वी जस्तै ग्रह मानेपनि ज्योतिषहरूले विभिन्न पुरातन मान्यतालाई जिवितै राखेका छन् । आकाशमा रहेका अन्य खगोलीय पिण्डहरू जस्तै यी ग्रहहरु पनि उदाउने अस्ताउने गर्छन् । यी ग्रहहरु उदाउँदा र अस्ताउँदा खासै फरक नपर्ने प्रमाणित भएपनि ज्योतिषहरूले विभिन्न मत अघि सार्ने गरेकाछन् जसको हालसम्म कुनै प्रमाणित आधारहरू छैनन् ।

गुरुशुक्रको अस्तकालमा के नगर्ने ? सम्पादन गर्नुहोस्

कुनै प्रमाणित आधारहरू नभएपनि ज्योतिषहरूले गुरुशुक्रको अस्तकालमा निम्न क्रियाकलाप नगर्न सुझाब दिने गर्दछन् ।

वाप्यारामतडागकूपखननारम्भप्रतिष्ठे व्रता-
रम्भोत्सर्गवधूप्रवेशनमहादानानि सोमाष्टके ॥
गोदानाग्रयणप्रपाप्रथमकोपाकर्मवेदव्रतं
नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान्सुरस्थापनम्॥
दीक्षामौञ्जीविवाहमुण्डनमपूर्व देवादितीर्थेक्षणं
सन्यासाग्निपरिग्रहौ नृपतिसंदर्शाभिषेकौ गमम्॥
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद्
वृद्धत्वास्तशिशुत्वईज्यसितयोर्न्यूनाधिमासे तथा॥

सार्वजनिक धारा(हिटी), बगैंचा, तलाउ, कुवा, घर आदिको निर्माण गर्नु वा प्रतिष्ठा गर्नु, नयाँ व्रतको आरम्भ गर्नु वा उद्यापन गर्नु, वधूप्रवेश गराउनु, तुला दानादि सोह्रदान (महादान) गर्नु, सोम यज्ञ, अष्टक श्राद्ध, पहिलो पटक दारीकपाल काट्नु वा छेवर गर्नु, नयाँ अन्न चलाउनु(न्वागी खानु), पौशाला(सार्वजनिक पानीशालाकू व्यवस्थापन गर्नु), पहिलो पटक श्रावणी कर्म गर्नु, वेदारम्भ, काम्य वृषोत्सर्ग, समयातिक्रान्त वालकहरूको संस्कारादि कर्म अन्नप्राशनादि कर्म, देवप्रतिष्ठा, मन्त्रदीक्षा ग्रहण, व्रतबन्ध संस्कार, पहिलो पटक कुनै तीर्थावलोकन गर्नु वा देवालयमा दर्शन गर्नु, सन्न्यास, अग्निहोत्रकर्मका लागि अग्निसङ्ग्रह गर्नु, राजाको दर्शन गर्नु वा राज्याभिषेककर्म गर्नु, चातुर्मास पुराण सुन्नु, समावर्तन कर्म गर्नु, नाककान छेड्ने काम, परीक्षा लिनुदिनु इत्यादि काम गुरु बृहस्पति र शुक्र अस्ताएको अवसर र बाल्यत्व एवं बृद्धत्वमा गर्नु हुँदैन। त्यस्तै मलमास र क्षयमासमा पनि यी कर्म गर्न निषेध गरिएको छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्