गियर
गियर (gear वा cogwheel) रोटरी चालमा चल्ने मेसिनको एक अंग हो। गियरमा "दाँत " / "दाँती" बनाइएको हुन्छ जसमा अर्को गियर जोडिन्छ। यसको सहायताले एक साफ्टबाट अर्को साफ्टमा टर्क संचार गर्न सकिन्छ। गियरको सहायताले चाल, टर्क को दिशा परिवर्तन गर्न सकिन्छ। गियरको प्रयोगबाट टर्क परिवर्तन गर्न सकिन्छ र उचित गियर अनुपात मिलाएर यान्त्रिक लाभ हासिल गर्न सकिन्छ। एक आपसमा जोडिने गियरको दाँती समान आकारको हुन पर्छ। जब दुई भन्दा धेरै गियर एक आपसमा जोडिन्छ, तब यस संरचनालाई 'गियर शृंखला' (गियर ट्रेन) भनिन्छ।
गियर यान्त्रिक अङ्गहरू मध्ए सबैभन्दा आम हुन् । यो आकार र सामग्रीको ठूलो विविधतामा आउँछन्, र धेरै अलग-अलग कार्य प्रयोगहरूको लागि उपयोग गरिन्छ। यसको व्यास सुक्ष्म-उपकरणहरूमा केही माइक्रोमिटर [१] देखि, घडीहरू र खेलौनाहरूमा केही मिलिमिटर र केही खानी उपकरणहरूमा १० मिटरभन्दा बढी हुन सक्छ।[२] टाइमिङ पुली (Timing Pulley) र स्प्रोकेट (Sproket) को कार्य र आकार केही हदसम्म गियरहरूसँग मिल्दोजुल्दो हुन्छ ।
गियरको प्रकार
सम्पादन गर्नुहोस्स्पर गियर
सम्पादन गर्नुहोस्दुई स्पर गियरहरू समानान्तर शाफ्टहरूमा फिट गरिएको खण्डमा मात्र प्रयोग गरिन्छ। दाँत भारले कुनै एक्सियल थ्रस्ट सिर्जना गर्दैन। स्पर गियरको प्रयोग मध्यम गतिमा उत्कृष्ट हुन्छ तर उच्च गतिमा धेरै आवाज निकाल्छ।
बिवेल गियर
सम्पादन गर्नुहोस्हेलीकल गियर,
सम्पादन गर्नुहोस्मिटर गियर,
सम्पादन गर्नुहोस्हाइपोइड गियर,
सम्पादन गर्नुहोस्वर्म र वर्म व्हील,
सम्पादन गर्नुहोस्र्याक तथा पिनियन
सम्पादन गर्नुहोस्र्याक तथा पिनियन गियरले रोटरी चाल(Rotary Motion) लाई विस्थापी चाल (translatory motion) मा बदल्छ।
पिनियन घुम्छ, जबकि र्याक सीधा रेखामा सर्छ। यस्तो संयन्त्र अटोमोबाइलको स्टेयरिङमा, स्टेयरिङ ह्वील घुमाउँदा रोटेसनलाई अगाडिको पाङ्ग्रामा जोडिएका टाई रड बायाँ-देखि-दायाँ गतिमा रूपान्तरण गर्न प्रयोग गरिन्छ।
आन्तरिक/इन्टरनल गियर
सम्पादन गर्नुहोस्सन एन्ड प्लानेट गियर
सम्पादन गर्नुहोस्सन एन्ड प्लानेट (सूर्य र ग्रह) गियरिङ पारस्परिक गतिलाई रोटरी गतिमा रूपान्तरण गर्ने तरिका हो जुन वाष्प इन्जिनहरूमा प्रयोग गरिएको थियो। जेम्स वाटले यसलाई आफ्नो प्रारम्भिक वाष्प इन्जिनहरूमा क्र्याङ्कमा प्याटेन्ट प्राप्त गर्न प्रयोग गरे । यसले फ्लाईव्हील गति बढाउने फाइदा पनि प्रदान गर्यो ताकि वाटले हल्का फ्लाईव्हील प्रयोग गर्न सक्थे।
सँगैको दृष्टान्तमा, सूर्य पहेंलो, ग्रह रातो, रेसीप्रोकेटिङ आर्म नीलो, फ्लाईव्हील हरियो र ड्राइभशाफ्ट खैरो छ।
गियर बनाउन प्रयोग गरिने धातु
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Shuailong Zhang, Mohamed Elsayed, Ran Peng, Yujie Chen (2021): "Reconfigurable multi-component micromachines driven by optoelectronic tweezers". Nature Communications, volume 12, issue 1.
- ↑ Matthew Jaster (2013): "MY GEAR is Bigger than YOUR GEAR: Industry Battles it Out for World’s Largest Gear Title". Online article from Gear Technology magazine. Archived on 2024-07-30.