गर्भनिरोधक प्रत्यारोपण (इम्प्लान्ट)

इम्प्लान्ट (Contraceptive implant) महिनावारीको पहिलो सात दिनभित्र महिलाको पाखुराको छालाभित्र घुसाएर राख्ने गर्भ निरोधक परिवार नियोजनको साधन हो । यो साधन गर्भ धारण रोक्नका लागि धेरै सुरक्षित र भरपर्दो मानिन्छ ।

पाखुरमा इम्प्लान्ट लगाइँदै

नेपालमा यो दुई प्रकारमा उपलब्ध छन्

  • १. जेडेल (पाँच वर्षलाई)
  • २. इन्डोप्लान्ट (तिन वर्षलाई)

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीसम्मको स्वास्थ्य संस्थामा निःशुल्क रूपमा उपलब्ध छ । यो साधनको राम्रो पक्ष भनेको फेरि प्रयोगकर्ता गर्भवती हुन चाहेमा तालिम प्राप्त स्वास्थ्यकर्मीका साहयताले यसलाई निकाल्न सकिन्छ ।

यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउँदैन । यो लगाउन स्वास्थ्य संस्थामा नै जानु पर्छ । यो तालिम प्राप्त वा दक्ष स्वास्थ्यकर्मीले मात्र राख्नु पर्छ ।

असर सम्पादन गर्नुहोस्

यसको प्रयोग गर्दा थोरै रगतको थोपा देखिने, (केही समयको लागि योनिबाट रगत आउन छाड्ने) हुन्छ । कहिले कही बढी रगत बग्ने, वजन बढ्ने वा घट्ने र टाउको दुख्ने समेत हुन सक्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्