गर्ड मुलर (अङ्ग्रेजी:Gerd Müller) पुर्व जर्मन फुटबलर हुन् । पेनाल्टी क्षेत्रभित्र सफा अनि सुन्दर गोल गर्न माहिर मुलर बहुफलप्रद स्ट्राइकरको रूपमा चिनिन्थे । उनलाई आफ्नो पुस्ताका अब्बल दर्जाका स्ट्राइकरको रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमा पश्चिम जर्मनीको जर्सीमा ८ वर्ष बिताएका मुलरले १९७४ फिफा विश्वकप फाइनलमा नेदरल्याण्डविरूद्ध गोल गर्दै तत्कालिन प.जर्मनीलाई दोस्रो पटक विश्वकप उपाधि दिलाएका थिए । क्लबस्तरमा बायर्न म्युनिखमा १५ वर्ष रहेर ४५३ बुन्डेस लिगा खेलमा ३९८ गोल गरेका थिए । अन्तराष्ट्रिय स्तरमा औसतमा खेलभन्दा बढी गोल गरेका मुलर अन्तराष्ट्रियस्तरमा बढी गोल गर्ने खेलाडीको सुचिमा ११औँ नम्बरमा आउँछन् । उनले ६२ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका थिए । उनका उपनामहरू "द नेशन्स बम्बर" र "क्लेन्स डिक्स मुलर" (छोटो मोटो मुलर) हुन् । सन् १९७० को दशकका चर्चित गर्ड मुलर जर्मन समर्थकबीच गोल मेसिनका रूपमा चर्चित छन् ।
गरहार्ड मुलर
 |
व्यक्तिगत विवरण |
---|
पुरा नाम |
गरहार्ड मुलर |
---|
जन्म मिति |
३ नोभेम्बर १९४५ (उमेर ६९) |
---|
उचाई |
१.७६ मि (५ फिट ९ १⁄२ इन्च) |
---|
खेल्ने स्थान |
स्ट्राइकर |
---|
क्लबको विवरण |
---|
हालको क्लब |
बायर्न म्युनिख II (सह-प्रशिक्षक) |
---|
युवा क्लब |
---|
१९६०–१९६३ |
१८६१ नर्डलिङ्गेन |
---|
वरिष्ठ क्लब* |
---|
बर्ष |
क्लबहरू |
खेल |
(गोल) |
---|
१९६३–१९६४ |
१८६१ नर्डलिङ्गेन |
३१ |
(५१) |
---|
१९६४–१९७९ |
बायर्न म्युनिख |
४५३ |
(३९८) |
---|
१९७९–१९८१ |
फर्ट लडरडेल स्ट्राइकर्स |
७१ |
(३८) |
---|
राष्ट्रिय टोली |
---|
१९६६-१९७४ |
पश्चिम जर्मनी |
६२ |
(६८) |
---|
- बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .
|
सन्दर्भ सामग्रीहरूसम्पादन