आचार्य खेमराज केशवशरण
जन्म१९९४
लेटाङ , जाँते मोरङ
मृत्यु२०७४/४/१८

परिचय सम्पादन गर्नुहोस्

संस्कृतमा व्याकरणतीर्थ र साहित्याचार्य तथा अङ्ग्रेजीको राम्रो ज्ञान भएका आ. खेमराज केशवशरण (१९९४-२०७४) आध्यात्मिक विदवान् एवं कविका रूपमा परिचित छन् । महेन्द्र संस्कृत विश्वविद्यालयका निवृत्त प्राध्यापक खेमराजको आध्यात्मिक प्रवचन कला उत्कृष्ट रहेको देखिन्छ । संस्कृत, नेपाली, हिन्दी र अैग्रेजी भाषामा रचना गरिएका उनका कृतिहरूको सङ्ख्या ४३ रहेको पाइन्छ । २०७४ साल साउन १८ गते बुधबार राती करिब १० बजे उहाँको निधन भयो । [१][२]

साहित्यिक यात्रा सम्पादन गर्नुहोस्

प्रकाशित कृति सम्पादन गर्नुहोस्

  1. नेपाली साहित्यमा कृष्णभक्ति परम्परा र कवि गुणराज उपाध्याय ( समालोचना २०३३),
  2. अन्तर्जगत् (निबन्धहरू २०३५),
  3. आफैंतिर नियाल्दा (निबन्धहरू २०३६),
  4. समर्पण (भजनहरू २०३७),
  5. मृत्युपारिको जीवनयात्रा (काव्य २०४८),
  6. जीवनगङ्रगाको केही तरङ्ग (निबन्धहरू २०५५),
  7. शान्तिप्रार्थना (भजनहरू २०६१),
  8. र्इशावास्य उपनिषद् जीवनदर्शनको रूपमा (धार्मिक लेख २०६९) ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. भट्टराई, प्रयागराज. सम्पा (२०६८), आ. खेमराज केशवशरण अभिनन्दन ग्रन्थ, काठमाडौँ : अभिनन्दन ग्रन्थ प्रकाशन समिति
  2. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्क सम्पादन गर्नुहोस्

[१]