खेतान समूह नेपालको ठूलामध्ये एउटा औद्योगिक घराना हो। बैङ्क, बिमा, बियर, चाउचाउ जस्ता व्यवसायमा खेतान समूहको लगानी छ। यसलाई नेतृत्व दिएका छन् युवा उद्यमी राजेन्द्र खेतानले। गत आर्थिक वर्षसम्म खेतान समूहको गोर्खा ब्रुअरी सरकारलाई बढी राजस्व तिर्ने १० ठूला कम्पनीभित्र पर्छ। खुद्रा विक्रीमा खेतान समूहको विशेष दख्खल छ।

यो समूहले हालै नेपालमा उत्पादन हुने टुबर्ग बियरमा रहेको आफ्नो स्वामित्व विक्री गरेको थियो। राजेन्द्र समूह अध्यक्ष भए पछिको यो सवैभन्दा ठूलो निर्णय थियो। राजेन्द्रसँग देशको उच्च र तल्लो तहसम्म काम गर्न सक्ने क्षमता छ। युवा उमेरमै अर्बौंको कारोबार गर्ने व्यावसायिक घरनाको नेतृत्व गर्न पुगेका राजेन्द्र पनि नयाँ व्यवसाय गर्ने क्षमता राख्छन्। यो सेयर बिक्रीबाट आएको ठूलो रकम लगानी गरेर यो समूहले देशको अर्थतन्त्रलाई नयाँ मोड दिन सक्छ।[१]

सन्दर्भ सामाग्रिहरू: सम्पादन गर्नुहोस्

  1. http://news.nagariknews.com/news-highlights/139-highlights/23775-2011-02-27-08-59-01.html वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-२८ मिति