खाँकर एक नेपाली परम्परागत बाजा हो । यो बाजा काँस र पित्तलको मिश्रण धातुबाट बनेको रिङ आकारको हुन्छ । रिङ भित्र फलामका गोट्टीहरू भरिएका हुन्छन् । यसलाई नाच्ने मान्छेले खुट्टामा बाला लगाए झैं लगाएर अथवा हातले हल्लाएर बजाउने गरिन्छ । यसको आवाज घुङ्गुराको जस्तै छम छम बजेको सुनिन्छ । नाच्दा खुट्टामा लगाइने यस बाजाको प्रयोग मारूनी नृत्य जस्ता परम्परागत नाचहरूमा प्रयोग भएको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्