खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो। उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्मपुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ। यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्लाअछाम जिल्ला संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन्। खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन्।[]

चित्र:गङ्गादशहरामा लागेको मेला.jpg
गङ्गादशहरामा लागेको मेला
खप्तडको त्रिबेणी धाममा रहेको मन्दिर
खप्तडमा हिउँ परेको

खप्तडमा रहेका महत्त्वपूर्ण ठाउँहरु

सम्पादन गर्नुहोस्
  • त्रिबेणी
  • सहस्रलिंग
  • खप्तड ताल
  • खप्तड बाबाको कुटी
  • नागढुंगा
  • भिम घट्ट
  • माइस्थान
  • खापर मान्डू


खप्तड पुग्ने धेरै बाटाहरू भए पनि चलनचल्तीमा डोटीको बाटो रहेको छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म आठ घन्टा बस चढेपछि पैदल हिँड्नुपर्छ । अहिले भने बगलेगसम्म जिप पनि चल्न थालेको छ । सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जगलको बाटो आउँछ । बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउ लगायतका ड्राइफुड पनि बोक्नु राम्रो। यहाँ बास बस्नका चार धर्मशाला भए पनि तिनको उचित व्यवस्थापनको अभाव छ। [] []


यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. खप्तड सौन्दर्य इ कान्तिपुर
  2. मनमोहक खप्तड नागरिक दैनिक
  3. खप्तडका तीन अनुहार हिमाल खबरपत्रिका

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
  1. खप्तड आश्रमको वेवसाइट
  2. संस्मरण 'खप्तड दह'---शेखर ढुंगेल वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०५ मिति
  3. हिमपात भएपछि यस्तो देखियो खप्तड (फोटो फिचर) २०७६ पुस - पश्मिम टुडे अनलाइन