क्याथरिन माहेर
विकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकृत
क्याथरिन रोबर्टस माहेर (/mɑːr/;[१] जन्म सन् १९८३ अप्रिल १८)[२] विकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकारी तथा कार्यकारी निर्देशक हुन्। उनले यो पद सन् २०१७ जुनबाट सम्भालेकी हुन्।[३] यस अघि उनी यसै फाउन्डेसनको प्रमुख सञ्चार अधिकृतको रूपमा कार्यरत थिइन्।[४] उनी सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट रहेकी छिन् तथा उनी मानव अधिकार तथा अन्तर्राष्ट्रिय विकासको लागि गैर नाफामुखी र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्य गरिरहेकी छिन्।
क्याथरिन माहेर | |
---|---|
जन्म | क्याथरिन रोबर्टस माहेर १८ अप्रिल १९८३ कनेक्टिकट, संयुक्त राज्य अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | न्यूयोर्क विश्वविद्यालय |
पेशा | व्यावसायिक अधिकृत |
कार्यकाल | २००५–हाल |
उपाधि | विकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकृत |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्माहेरको बसोबास सान फ्रान्सिस्को, क्यालिफोर्नियामा रहेको छ। उनलाई अङ्ग्रेजी, अरबी, फ्रान्सेली र जर्मन भाषाको ज्ञान छ।[५]
सम्मान
सम्पादन गर्नुहोस्- सन् २०१३, द डिप्लोम्याटिक कुरियरले उनलाई ३३ वर्ष भन्दा कम उमेरका नेतृत्वकारी विदेशी नीति व्यावसायिकको ९९ जनाको सूचीमा सूचीकृत गरेको थियो। [५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Maher, Katherine (जनवरी १०, २०२०), "Maher rhymes with car, and is not a cognate of a female horse, a town leader, or a military leader. You’d think the Brits would know this after decades of colonial theory and praxis.", @krmaher (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी १०, २०२०।
- ↑ Boix, Montserrat; Sefidari, María (सेप्टेम्बर ३, २०१६), "Maher: "La Fundación necesita reflejar la cultura que queremos ver en la comunidad"" (Video), Wikimujeres (Wikimanía Esino Lario 2016)।
- ↑ Lorente, Patricio; Henner, Christophe (जुन २४, २०१६), "Foundation Board appoints Katherine Maher as Executive Director", Wikimedia Blog।
- ↑ Gardner, Sue (अप्रिल १५, २०१४), "Katherine Maher joins the Wikimedia Foundation as Chief Communications Officer", Wikimedia Blog।
- ↑ ५.० ५.१ "AUCians Recognized Among Top 99 Foreign Policy Leaders Under 33", The American University in Cairo, अक्टोबर ८, २०१३।