कोलोरेक्टर क्यान्सर (जसलाई ठूलो आन्द्रा, मलाशय क्यान्सर वा आन्द्राको क्यान्सर) भनेको क्यान्सर हो जुन ठूलो आन्द्रा वा मलाशय ( ठूलो आन्द्राका भागहरू) मा हुने गर्दछ।[] यो कोषहरू को असामान्य वृद्धिको कारणले गर्दा हुन्छ जसमा शरीरका अन्य भागहरूमा आक्रमण गर्ने वा फैलिने क्षमता हुने गर्दछ।[] सङ्केत तथा लक्षणहरूमा दिसामा रगत देखिने, दिसा गर्ने बानीमा परिवर्तन, तौल घट्ने, र हरेक समयमा थाकेको महशुस हुने जस्ता कुराहरू पर्दछन्।[]

कोलोरेक्टर क्यान्सर
विभाग:ओन्कोलोजी Edit this on Wikidata

अधिकांश कोलोरेक्टल क्यान्सरहरू जीवनयापन तत्त्वहरू र बढ्दो उमेरको कारणले गर्दा हुन्छन् भने, थोरै संख्यामा मात्र वंशाणुगत आनुवंशिक विकारहरूको कारणले हुने गर्दछन्।[][] जोखिमका कारकहरूमा आहार, मोटोपना, धुम्रपान, र पर्याप्त शारीरिक गतिविधिहरू नगर्नु जस्ता कुराहरु पर्दछन्।[][] जोखिम बढाउने आहार सम्बन्धी कारक तत्त्वहरूमा रातोप्रशोधित मासु, साथसाथै रक्सीजस्ता कुराहरू पर्ने गर्दछन्।[] अर्को जोखिम कारक तत्त्व भनेको जलन गराउने पेटको रोगहो, जसमा क्रोहन रोगअल्सरेटिव कोलाईटिस पर्दछन्।[] कोलोरेक्टल क्यान्सर गराउन सक्ने केही वंशाणुगत अवस्थाहरूमा: पारिवारिक एडिनोमेटस पोलीपोसिसआनुवंशिक गैर-पोलीपोसिस ठूलो आन्द्रा क्यान्सरपर्दछन्; यद्यपि, यसले 5% केसहरूको मात्र प्रतिनिधित्व गर्दछ।[][] यो विशेषगरी सामान्य किसिमको ट्युमरको रूपमा, प्राय: गरेर पोलीपको रूपमा देखिन्छ, जसले समय बित्दै जाँदा क्यान्सरको रूप लिन्छ।[]

पेटको क्यान्सर ठूलो आन्द्राको नमूना लिएर निदान गरिन सक्छ जुन नमूना सिग्मोआइडोस्कोपी वा कोलोनोस्कोपीको बेलामा लिन सकिन्छ।[] त्यसपछि रोग फैलिएको छ वा छैन भनी तय गर्न यसलाई मेडिकल इमेजिङ द्वारा परीक्षण गरिन्छ।[] परीक्षण कोलोरेक्टल क्यान्सरबाट हुने मृत्युको सम्भावनालाई घटाउनमा एकदमै प्रभावकारी छ र यसलाई 50 वर्षको उमेर देखि सुरू गरेर 75 वर्षको उमेरसम्म जारी राख्न सिफारिस गरिन्छ।[] कोलोनोस्कोपी को बेलामा पोलीपहरूलाई हटाइने गर्दछ। एस्पिरिन र अन्य नन्-स्टेरोइडल जलन-निरोधक औषधिहरु ले जोखिमलाई कम गर्दछन्।[][] यद्यपि, यिनीहरुका केही साइड इफेक्टहरू (दुष्प्रभावहरू)भएको हुनाले, यस उद्देश्यका लागि यिनीहरूको साधारण प्रयोगलाई सिफारिस गरिएको छैन।[]

कोलोरेक्टल क्यान्सरको उपचारहरूमा केही संयुक्त शल्यक्रिया पर्दछन्, जस्तै: रेडिएशन थेरापी, केमोथेरापीलक्षित थेरापी[] ठूलो आन्द्राको भित्ता भित्र मात्रै सीमित क्यान्सरहरूको उपचार शल्यक्रियाद्वारा गर्न सकिन्छ भने व्यापक रूपमा फैलिएको क्यान्सरको उपचार सामान्यतया गर्न सकिँदैन, र जीवनशैली र लक्षणहरूमा सुधार ल्याउनका लागि व्यवस्थापन मात्र गर्न सकिन्छ।[] पाँच वर्षसम्म बाँच्ने दर संयुक्त राज्य अमेरिकामा करीब-करीब 65% रहेको छ।[] यद्यपि, यो कुरा क्यान्सर कति विकसित भइसकेको छ, शल्यक्रियाबाट सबै क्यान्सर हटाउन सकिन्छ वा सकिँदैन, र व्यक्तिको समग्र स्वास्थ्य अवस्थामा निर्भर रहन्छ।[] विश्वव्यापी रूपमा हेर्दा, कोलोरेक्टल क्यान्सर तेस्रो प्रमुख क्यान्सर हो जसले सबै केसहरूको करीब 10% हिस्सा ओगट्छ।[१०] सन् 2012 मा यस रोगका 14 लाख नयाँ बिरामी देखा परेका थिए भने यसै रोगबाट 694,000 मानिसहरूको ज्यान गएको थियो।[१०] यो रोग विकसित देशहरूमाबढी मात्रामा रहेको देखिन्छ, जहाँ कुलमध्ये 65% केसहरू फेला पर्दछन्।[] यो रोग पुरूषहरुभन्दा महिलाहरूमा कम हुने गरेको पाइन्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ "Colon Cancer Treatment (PDQ®)", NCI, २०१४-०५-१२, अन्तिम पहुँच २९ जुन २०१४ 
  2. "Defining Cancer", National Cancer Institute, अन्तिम पहुँच १० जुन २०१४ 
  3. ३.० ३.१ ३.२ "General Information About Colon Cancer", NCI, २०१४-०५-१२, अन्तिम पहुँच २९ जुन २०१४ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ ४.७ ४.८ World Cancer Report 2014, World Health Organization, २०१४, पृ: Chapter 5.5, आइएसबिएन 9283204298 
  5. ५.० ५.१ ५.२ "Colorectal Cancer Prevention (PDQ®)", National Cancer Institute, २०१४-०२-२७, अन्तिम पहुँच २९ जुन २०१४ 
  6. "Screening for Colorectal Cancer", U.S. Preventive Services Task Force, अक्टोबर २००८, अन्तिम पहुँच २९ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २१ फेब्रुअरी २०१५ मिति
  7. Thorat, MA; Cuzick, J (Dec २०१३), "Role of aspirin in cancer prevention.", Current oncology reports 15 (6): 533–40, डिओआई:10.1007/s11912-013-0351-3, पिएमआइडी 24114189 
  8. "Routine aspirin or nonsteroidal anti-inflammatory drugs for the primary prevention of colorectal cancer: recommendation statement.", Am Family Physician 76 (1): 109–13, २००७, पिएमआइडी 17668849 
  9. "SEER Stat Fact Sheets: Colon and Rectum Cancer", NCI, अन्तिम पहुँच १८ जुन २०१४ 
  10. १०.० १०.१ World Cancer Report 2014, World Health Organization, २०१४, पृ: Chapter 1.1, आइएसबिएन 9283204298