कुलेखानी नेपालको मध्य भागमा पर्ने एक नदी हो। हिउँदमा औसत मासिक बहाव १.१३ घनमिटर प्रतिसेकेन्डबाट मनसुनमा १०.२३ घनमिटर प्रतिसेकेन्डसम्म हुन्छ। कुलेखानी गाउँ नजिकै नदीमा निर्माण गरिएको कुलेखानी बाँधले करिब १२६ वर्ग किलोमिटर जलाधार क्षेत्र भएको इन्द्रसरोवर भनिने २२ हेक्टर ताल बनाएको छ।[१]

कुलेखानी नदी
इन्द्र सरोवर, कुलेखानी
स्थान
देशनेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला

बाँधले कुलेखानी–१ र यसका अतिप्रवाह जलविद्युत् आयोजना कुलेखानी–२ मा पानी भर्ने जलाशय लाई जफत गरेको छ।[२]

जलविद्युत् आयोजना सम्पादन गर्नुहोस्

कुलेखानी-१ जलविद्युत परियोजना अन्तर्गत सञ्चालित कुलेखानी–२कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत्बाट राष्ट्रिय प्रसारण लाइनमा योगदान पु्र्याउने भएका छन्। त्यसयता यसले अनवरत ६० मेवा विद्युत् उत्पादन गरिरहेको छ।यस सरोवरमा सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ। कुलेखानी बाँधबाट छ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ। आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ।[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्