कुमार बहादुर जोशी प्रसिद्ध साहित्यकार एवं समालोचक हुन् । उहाँ त्रि . वि. वि. र वनारस हिन्दू विश्वविद्यालयमा का प्राध्यापक पनि हुनुहुन्छ ।

जन्म सम्पादन गर्नुहोस्

वि.सं. १९९८ मङ्सिर २३मा पिता प्रेमबहादुर जोशी र माता जुलुममाया जोशीको कोख बाट चावहिलमा जन्मनु भएका ,

साहित्यिक यात्रा सम्पादन गर्नुहोस्

कुमारबहादुर जोशी वि.सं. २०१५ सालमै कविता प्रतियोगितामा भाग लिएर प्रथम हुनुभयो । प्रकाशनका हिसाबले चाहिँ वि.सं. २०१७मा गोरखापत्रमा कविता प्रकाशित भएपछि चिनिन थाल्नुभयो। सङ्गृहीत कृतिका रूपमा पहिले 'सञ्चयन' निबन्धसङ्ग्रह -वि.सं. २०२५) प्रकाशित भएपछि उहाँको कवि व्यक्तित्व ओझेलमा परेको भए पनि काव्यसमेत प्रकाशित गरिसक्नुभएको छ।

सम्पादन गर्नुहोस्

अध्ययनक्रममा उहाँ समालोचक अझ बढी महाकवि देवकोटा विज्ञका रूपमा परिचित हुनुहुन्छ। महाकवि देवकोटाको कृति विषयमा विद्यावारिधि गर्नु भएका डा जोशीको महाकवि देवकोटामाथि गहन अध्ययन-अनुसन्धान गरेर एक दर्जनको हाराहारीमा अनुसन्धानात्मक कृतिहरू नै प्रकाशित भै सकेको छ।

कृती सम्पादन गर्नुहोस्

महाकवि देवकोटा र उनका महाकाव्य (२०३१), एक व्यक्तित्व, अनेक दृष्टि (२०४१), देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन (२०४७), देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना (२०४८), देवकोटाका कविताकृतिमा प्रकृति (२०५३), लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटा : अनेकका आँखामालगायतका कृति