कुईन् (ब्यान्ड)

कुईन् (ब्यान्ड) एउटा बेलायती रक ब्याण्ड हो ।

"कुईन्" (अङ्ग्रेजी: Queen) एउटा बेलायती रक ब्याण्ड हो जुन १९७० मा लण्डनमा स्थापित भएको हो । उनीहरूको क्लासिक लाइन-अप फ्रेडी मर्क्युरी (प्रमुख गायक, पियानो), ब्रायन मे (प्रमुख गिटार, गायक), रजर टेलर (ड्रम, गायक), र जोन डीकन (बास गिटार) थियो । कुईन्को पुराना कामहरु प्रोग्रेसिभ रक, हार्ड रक र हेभि मेटलबाट प्रभावित थियो, तर ब्याण्डको संगीत बिस्तारै-बिस्तारै गरी पारंपरिक र रेडियो-अनुकूल कामहरूमा गयो, जसमा एरिना रक र पप रक जस्ता शैलीहरु शामिल हुन थालेका थिए ।

कुईन्
व्यक्तिगत विवरण
उत्पत्तिलण्डन,इङ्ल्यान्ड
विधारक
सक्रिय वर्ष१९७०–वर्तमान
लेबल
सहयोगी
वेबसाइटqueenonline.com
सदस्यहरू
ब्रायन मे रजर टेलर
पूर्व सदस्य(हरू)
फ्रेडी मर्क्युरी जोन डीकन