किरणकुमार राई (साहित्यकार)

किरणकुमार राई (सन् १९६७ - ) भारतमा बसोबास भएका नेपाली साहित्यकार हुन्।

जीवनी सम्पादन गर्नुहोस्

राईको जन्म सन् १९६७ सेप्टेम्बर १३मा पिता सिंहबीर राई र माता मङ्गली राईको पुत्रका रूपमा दार्जीलिङको भा-तकभर चियाबारीमा भएको हो।

कृतिहरू सम्पादन गर्नुहोस्

राईका मौलिक कृतिहरू यी हुन्-
१. आत्मसम्मोहन र घाइते शब्दहरू (कवितासँग्रह, सन् १९९५)
२. शब्दसित साइनो गाँस्दै (भारतीय नेपाली कविहरूको परिचयात्मक लेख सँगालो)
राईले अनुवाद गरी नेपालीमा प्रकाशित ग्रन्थहरू यी हुन्-
१. अर्धवृत्त जीवनयात्रा (सन् १९९७)
२. अभ्यन्तर दक्षिण कामरूपको (सन् २०००)
३. अयन दाशरथिको (सन् २००४)
४. अनुराधाको मुलुक (सन् २००४)

पुरस्कार सम्पादन गर्नुहोस्

राईले पाएका पुरस्कार यी हुन्-
१. स्रष्टा पुरस्कार (सन् १९९३, स्रष्टामा प्रकाशित उत्कृष्ट कविताका लागि)
२. साहित्य अकादेमी अनुवाद पुरस्कार (सन् १९९३, अर्धवृत्त जीवनयात्राका लागि)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्