काठमाडौँ तराई द्रुतमार्ग
काठमाडौँ तराई द्रुतमार्ग (अङ्ग्रेजी: Kathmandu–Terai Expressway) काठमाडौँबाट तराई प्रदेश जोड्ने द्रुत मार्ग नै द्रुतमार्ग हो। भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णाका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न गरी नेपाली सेनालाइ यसको जिम्मा दिएको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडकको दूरी ७०.९७७ किमी रहनेछ। ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी उक्त सडक निर्माण गरिदै छ। २०७४ जेठ १४ गतेका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले यसको शिलानायास गरेका हुन। यस सडक एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुनेछ। उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ।[१] द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ। [२]
काठमाडौँ तराई द्रुतमार्ग | ||||
---|---|---|---|---|
काठमाडौँ–तराई द्रुत मार्ग | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | ७०.९७७ किमी (४४.१०३ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | काठमाडौँ, नेपाल | |||
अन्त्य | निजगढ, नेपाल | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समय सीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ।[३]
याे पनि हेर्नुहाेस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "काठमाण्डू-तराई फास्ट ट्र्याक: तीन प्रतिशत जग्गामा मुआब्जाको चर्को समस्या", बीबीसी न्यूज नेपाली, २०२४-०४-०१, अन्तिम पहुँच २०२४-०५-०९।
- ↑ ट्रयाक', अञ्जली थापा :: 'खोकनाको समस्या समाधान भए समयमै सकिन्छ फास्ट (२०२४-१०-२७), "'खोकनाको समस्या समाधान भए समयमै सकिन्छ फास्ट ट्रयाक'", 'खोकनाको समस्या समाधान भए समयमै सकिन्छ फास्ट ट्रयाक', अन्तिम पहुँच २०२४-११-१६।
- ↑ ट्रयाक', अञ्जली थापा :: 'खोकनाको समस्या समाधान भए समयमै सकिन्छ फास्ट (२०२४-१०-२७), "'खोकनाको समस्या समाधान भए समयमै सकिन्छ फास्ट ट्रयाक'", 'खोकनाको समस्या समाधान भए समयमै सकिन्छ फास्ट ट्रयाक', अन्तिम पहुँच २०२४-११-१६।