कला पङ्गेनी एक नेपाली लोक गायीका हुन्।

उनी स्याङ्जा जिल्लाको तत्कालिन मालुङ्गा टुनीबोट गाविस हालको गल्याङ नगरपालिकामा जन्मिएकी हुन्।


२०६५ सालमा उनको पहिलो गीति सङ्ग्रह "बोले हुन्न र" बजारमा आएको थियो। जसमा उनले तीनवटा गीतहरू समावेस गरेकी थिइन्। बिष्णु माझी, माधव भण्डारी, देवी घर्ति र कला पङ्गेनीको स्वर सङ्ग्रहित उक्त एल्बम बाराही म्युजिक कम्पनीले निकालेको थियो। त्यसपछि लगातार नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्ना गीतहरू पस्कँदै आइरहेकी गायीका पङ्गेनीका हालसम्म दर्जनौं गीतहरू बजारमा आएका छन्। १. जवानीको जोश
२. पुरस्कार पच्चीस हजार
३. जोगाउनु छ कालापानी
४. म त पुरुष मान्छे
५. मनको दियो
लगायत उनका गीतहरू चर्चित भएका छन्