कलाम टिभी एक सामाजिक सञ्जाल वेबसाइट हो जुन प्रमुख रूपमा श्रव्य दृश्य साझेदारीमा आधारित छ। सन् २००८ को फेब्रुअरीमा यसलाई मध्य पूर्वमा मूल श्रव्य दृश्यका सामग्रीहरूको सृजना तथा साझेदारी गर्ने सम्बन्धमा मानिसहरूका आवश्यकता र प्राथमिकताहरू पूर्ति गर्न सुरू गरिएको हो। यसले सन् २००८ को फेब्रुअरी महिनाको मध्य तिर इरानपाकिस्तानको सेवाको विस्तार गरेको थियो।

कलाम टिभी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषाअरबी अङ्ग्रेजी उर्दू
मालिकटावर मिडिया मध्य पूर्व
युआरएलhttp://www.kalam.tv
दर्तावैकल्पिक
(उर्ध्वभरणका लागि आवश्यक)

यो टावर मिडिया मध्य पूर्वको एक सहायक कम्पनी हो। यसको प्रधान कार्यालय दुबई मिडिया सिटीमा अवस्थित छ। [१]

विशेषता सम्पादन गर्नुहोस्

कलाममा श्रव्य दृश्यहरू दर्ता भएका प्रयोगकर्ताहरूले मात्र उर्ध्वभरण गर्न सक्दछन् जहाँ उनीहरू प्रयोगकर्ता पृष्ठ सृजना गर्न, उनीहरूको च्यानल र पृष्ठमा चरित्र फेर्न वा सम्पादन गर्न र पृष्ठभूमि र प्रमुख तस्वीरहरू साथ अनुकूलन गर्न सक्दछन्। वेबसाइटमा श्रव्य दृश्य अङ्कीकरण गर्ने, डाउनलोड गर्ने, सार्वजनिक वा निजी रूपमा साझेदारी गर्ने, प्रयोगकर्ता टिप्पणी गर्ने, मुल्याङ्कन गर्ने तथा प्रवाह सूचीहरूको सृजना जस्ता सुविधाहरू रहेका छन्। प्रयोगकर्ताहरू साथीहरू बनाउन, वार्ता गर्न र कम वा उच्च गुणस्तरमा श्रव्य दृश्यहरू अवलोकन गर्न सक्दछन्। [२]

सामग्रीहरू सम्पादन गर्नुहोस्

श्रव्य दृश्यका सामग्रीहरू नाटक, चलचित्र, कविता, चुट्किला, फेसन, खेल, सङ्गीत, खाना पकाउने विधा, अन्तरवार्ता कार्यक्रम, समाचार सामग्री, नागरिक पत्रकारिता जस्ता श्रेणीमा विभाजित छ। वेबसाइटले कुनै पनि प्रतिलिपि अधिकार भएका सामग्रीहरूको साझा गर्न अनुमति दिदैन।

अरबी सम्पादन गर्नुहोस्

अरबी खण्डले अल यान टिभीका विभिन्न दूर्दशन कार्यक्रमहरूको समावेश गर्दछ जसमा उक्त कार्यक्रम दूर्दशनमा प्रसारित हुने बित्तिकै अल लैला शेल्लात्ना कलाम टिभी मार्फत वेबमा प्रत्यक्ष प्रसारण हुन्छन्। [३]

फारसी सम्पादन गर्नुहोस्

कलामले फारसी, इरानी र फारसी भाषा बोल्ने समुदायलाई सामग्रीहरूको प्रदान गर्दछ। यो इरानको इण्टरनेट नियामक प्राधिकरण, इरानको दूरसञ्चार कम्पनीको अनुरूप छन्। कलाम फारसी इरानी राष्ट्रपति महमूद अहमदीनेजादको अल आन टिभीमा गरिएको अनन्य साक्षात्कारका लागि पहिलो अनलाइन स्रोत थियो।[४]

उर्दु सम्पादन गर्नुहोस्

उर्दु खण्ड पाकिस्तानबाट आएका नागरिक पत्रकारहरूमा केन्द्रित। यो उर्दु मातृभाषीहरूका लागि मात्र श्रव्य दृश्य साझेदारी गर्ने वेबसाइट हो। मुख्य सामग्री सामान्य नागरिक रिपोर्टरहरूका साथ साथै सञ्चार माध्यम साझेदारहरूबाट आउँदछ जसमा जिओ टिभी र पञ्जाब टिभी समावेश छन्।

समायोजन सम्पादन गर्नुहोस्

डिसेम्बर २०११ मा, कलाम टिभीका सामग्रीहरू पूर्ण रूपमा अल यान टिभीसँग समायोजन भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्