कमला भसिन (जन्म: सन् १९४६ अप्रिल २४ - २०२१ सेप्टेम्बर २५) एक भारतीय विकासीय नारीवादी कार्यकर्ता, कवि, लेखक र सामाजिक वैज्ञानिक थिइन्। भसिनको कार्य लैङ्गिकता, शिक्षा, मानव विकास र सञ्चारमा केन्द्रित थियो। [२] उनी आफ्नो गैरसरकारी संस्था, सङ्गतमा कार्यरत थिइन्। ग्रामीण र सहरी गरीबहरूलाई सुदृढ पार्ने कार्यको सुरुवात उनले सन् १९७२ मा राजस्थानमा सरगर्म नामक एक स्वैच्छिक सङ्गठनबाट गरेकी थिइन्। पछि उनी संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठन दक्षिण एसियाली कार्यक्रमसँग जोडिँदै २७ वर्ष सम्म काम गरेकी थिइन्। सन् २०२१ सेप्टेम्बर २५ को बिहान ३ बजे उनको मृत्यु भएको थियो।[३]

कमला भसिन
भसिन ढाका लिट फेस्ट २०१७ मा
भसिन ढाका लिट फेस्ट २०१७ मा
जन्म(१९४६-०४-२४)२४ अप्रिल १९४६
सहीदनवाली, मण्डी बहाउद्दिन, पञ्जाब, ब्रिटिस भारत
(वर्तमान पञ्जाब, पाकिस्तान)[१]
मृत्यु२५ सेप्टेम्बर २०२१(2021-09-25) (उमेर ७५)
दिल्ली, भारत
पेशानारीवादी कार्यकर्ता, कवि, लेखक
भाषाहिन्दी, अङ्ग्रेजी
शिक्षाकलामा स्नातकोत्तर
अल्मा मेटरराजस्थान विश्वविद्यालय, University of Münster
उल्लेखनीय कार्यहरूबोर्डर्स एन्ड बाउन्ड्रिज: विमिन इन इन्डियाज पार्टिसन (पुस्तक)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Let’s change the world: Kamla Bhasin", The Dawn, २९ जुलाई २००५, अन्तिम पहुँच २५ सेप्टेम्बर २०२१ 
  2. Shifa, Nazneen, ""The Womens Movement is a larger thing" - Interview with Kamla Bhasin", South Asia Citizens Web, मूलबाट १२ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०१३ मिति
  3. सैनी, दिनेश (२०२१-०९-२५), "जानी-मानी कवियत्री और सामाजिक कार्यकर्ता कमला भसीन का निधन, राजस्थान की पूर्व मन्त्री बीना काक की बहिन थीं", Naya India (en-USमा), अन्तिम पहुँच २०२१-०९-२५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-२५ मिति