मुख्य सूची खोल्नुहोस्
कमलरीबाट मुक्त भएपछि मजदुर भएका बालिकाहरू

कमलरी प्रथा नेपालको पश्चिम तराईमा प्रचलनमा रहेकाे बँधुवा मजदुरी प्रथा थियो। यस प्रथामा निश्चित रकमका लागि बाबुआमाले साहुको घरमा छोराछोरीलाई काम गर्न पठाउनु पर्थ्यो। ऋण चुक्ता नहुन्जेल त्यस बच्चालाई साहूले घरायसी काम गराउन सक्थ्यो।

कमलरी राख्ने चलन प्रायः नेपाल मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका तराईका जिल्लामा लामो समयदेखि रही आएको छ। ती जिल्लामा बसोबास गर्ने थारु समुदायका छोरी र केही छोराहरूलाई पनि सानै उमेरदेखि जमीन्दार र सम्भ्रान्त वर्गले घरायसी मजदुरका रूपमा राख्ने कामलाई कमलरी राख्ने भनिन्छ।

बिगतमा समुदायमा विद्यमान गरीबी एवं अशिक्षाका कारण आप\mना नाबालक छोराछोरीलाई कमलर/कमलरीको रूपमा सम्भ्रान्तहरूका घरमा पठाउने कामलाई सामान्य रूपमा लिइयो। समय बित्तै जाँदा यसले प्रथाकै रूप लियो। हरेक वर्ष थारु समुदायमा मनाइने माघीका अवसरमा आफ्ना छोराछोरीलाई कमलर/कमलरीका रूपमा सम्भ्रान्त एवं जमीनदारका घरमा घरायसी मजदुरका रूपमा पठाउने प्रचलन भयो। थारु समुदायको अति महत्त्वपूर्ण मानिने चाड माघीसँग कमलरी राख्ने कुरा जोडिनुले पनि यसले प्रथाको रूप ग्रहण गरेको देखिन्छ। पछिल्लो चरणमा मानव अधिकारको व्यापक बहस र समाजमा शिक्षाको स्तर बढ्दै जाँदा यसको उन्मूलनतर्फ पाइलाहरू चालिए।

सन् २००६ देखि यो प्रथा उन्मूलन गरिएको छ।