एलजी यूप्लस निगम (कोरियाली: LG유플러스 वा एलजी यू+ दक्षिण कोरियाली दूरसञ्चार सेवा प्रदायक हो । यो एलजी निगमको स्वामित्वमा रहेको छ जो कोरिया चौथो सबैभन्दा ठूलो बहु-उद्योग कम्पनी हो ।[१] एलजी इलेक्ट्रोनिक्स, एलजी निगमको एक सहायक कम्पनी हो । यो पहिला एलजी दूरसञ्चारको रूपमा चिनिन्थ्यो ।

एलजी यूप्लस निगम
(Korean)
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:Kse
उद्योगदूरसञ्चार
पूर्ववर्तीएलजी टेलिकम
स्थापित११ जुलाई १९९६ (1996-07-11)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
दक्षिण कोरिया दक्षिण कोरिया
मुख्य व्यक्ति
लि साङ चुल प्रमुख कार्यकारी अधिकृत
उत्पादनहरूमोबाइल फोन,
ताररहित ब्रोडब्याण्ड सेवा
राजश्व७.८ ट्रिलियन (२०१३)
परिचालन आय
५४२.१ बिलियन (२०१३)
कर्मचारी सङ्ख्या
४,९८७ (३१ अक्टोबर, २००९)
मूल सङ्गठनएलजी निगम
सहायक कम्पनीहरूAIN Teleservice
CS Leader
वेबसाइटLG U+

यसले अर्को दुई एलजी दूरसञ्चारका सहायकहरू, डाकोम र पावरकम सँगको समायोजन पछि आफ्नो हालको नाम जुलाई २०१० मा राखेको थियोे । यसले विभिन्न मोबाइल सेवाहरू सञ्चालन गर्दछ । बैङ्क अन दक्षिण कोरियामा सबैभन्दा लोकप्रिय मोबाइल बैङ्किङ सेवा हो र म्युजिक अन, अनलाइन सङ्गीत भण्डारण सेवा हो ।

इतिहास सम्पादन गर्नुहोस्

कोरिया दूरसञ्चारको निर्णय पछि राज्यको स्वामित्वमा रहेकोले यस फोन कम्पनीले, सेलुलर व्यवसायलाई सन् १९९४ मा निजी लगानीकर्ताहरूलाई बेच्नका लागि यस दक्षिण कोरियाली कम्पनीले दूरसञ्चार क्षेत्रमा एक प्रतिस्पर्धामा खोल्यो । कोरिया दूरसञ्चारले सन् १९९९ मा आफ्नो सेलुलर व्यवसायलाई केटी फ्रिटेलको साथमा पुन सुरु गरेको थियो । एलजी, जुन १९९६ मा सीडीएमए लाइसेन्स प्राप्त गरेपछि ताररहित बजारमा प्रवेश गरेको थियोे र एलजी टेलीकमको नामले एक नयाँ दूरसञ्चार सेवा प्रदायक बनेको थियोे र त्यसपछि यो एक राष्ट्रव्यापी डिजिटल सेलुलर सञ्जाल बनेको थियोे । यसले १ अक्टोबर १९९७ मा, व्यक्तिगत सञ्चार सेवाको सुरु गरेको थियोे ।[२] एलजी दूरसञ्चारले व्यक्तिगत सञ्चार सेवा प्रविधिको प्रयोग गरेर विश्वको पहिलो व्यापारिक सीडीएमएवान डाटा सेवा सञ्चालन गरेको थियोे ।[३] यो कोरियाको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो ।[४][५] १ जुलाई २०१० मा, एलजी दूरसञ्चारले हालको नाम एलजी यू + मा परिवर्तन गर्यो ।

सेवाहरू सम्पादन गर्नुहोस्

ताररहित सेवाहरू सम्पादन गर्नुहोस्

जुलाई २००६ मा, कम्पनीले प्रविधि विकास गर्न नचाहे पछि दक्षिण कोरियाली सरकारले 2.1 GHz W-CDMA ब्यान्डविड्थको लागि, एलजी दूरसञ्चारको इजाजतपत्र रद्द गरेको थियोे ।[६]

२०१२ सम्ममा राष्ट्रव्यापी रूपमा सेवा देशै भरि पुर्‍याउने लक्ष्यले जुलाई २०११ मा, एलजी यू + ले यसको एलटिइ नेटवर्क सञ्चालन गरेको थियोे ।[७]

१७ जुलाई २०१३ मा एलजी यूप्लसले सामसुङ ग्यालेक्सी एस 4मा एलटिइ-ए परिचयको साथ एलटिइ-ए सेवाको सुरुवात गरेको थियोे ।

ल्याण्डलाईन सम्पादन गर्नुहोस्

सन् २०१० मा एलजी दूरसञ्चारले डकोम निगम, एक सञ्जाल सेवाको अधिग्रहण गरेको थियोे जसले हनारो दूरसञ्चारको निर्धारित लाइन नेटवर्कको सञ्चालन गर्दथ्यो । जसले गर्दा यसलाई ल्यान्डलाइनको सञ्चार बजारमा प्रवेश गर्न मद्दत गरेको थियोे ।

आइपि टिभी सम्पादन गर्नुहोस्

डिसेम्बर २००७ मा यू+टिभीको सुरुवात गरिएको थियोे ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. कोइची काटो (अप्रिल १०, २०१४), "शीर्ष चार बहु उद्योगले कम्पनीले दक्षिण कोरियाली उद्योग मुनाफाको ९०% उत्पादन गर्छन्", निकेल एसियन प्रिभ्यु 
  2. "हाम्रो बारेमा", आधिकारिक वेबसाइटबाट।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०९ मिति
  3. "सिडिएमए इतिहास", सिडिजी  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-०३ मिति
  4. चो, केभिन (अक्टोबर १५, २००९), "एलजी दूरसञ्चार, पावरकम र डाकोमसँग समायोजन भई सञ्चालन सुरु गरेको छ", ब्लुमकर्ग 
  5. कार्लक, रोबर्ट (१२ अक्टोबर २००९), "एलजीले कोरियाली दूरसञ्चार सञ्चालनमा समायोजन गर्ने भएको छ", टेलिकम एसिया 
  6. "이동통신 주파수 할당 현황과 경매 주파수", स्लोटाइम, अन्तिम पहुँच ३० अक्टोबर २०१२ 
  7. "एलजी युप्लसको एलटिइ सेवा", १८ जुलाई २०१३, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्