एभ्रिल लाभिन

क्यानडेली गायिका, गीतकार, नायिका तथा समाजसेवी

एभ्रिल लाभिन (जन्म: २७ सेप्टेम्बर १९८४) एक क्यानडेली गायिका तथा गीतकार हुन्। १६ वर्षको उमेरमा, उनले एरिस्टा रेकर्ड्ससँग दुई-एल्बम रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। उनको पहिलो स्टुडियो एल्बम, लेट गो (सन् २००२) हो जुन क्यानडेली कलाकारद्वारा २१औँ शताब्दीको सबैभन्दा बढी बिक्री भएको एल्बम हो। उक्त एल्बममा समावेश गीत "कम्म्लिकेटेड" र "स्टेटर बोई" सर्वाधिक सफल बन्न पुगेको थियो। जसले स्केट पङ्क व्यक्तित्वमा जोड दियो र उनलाई सङ्गीत प्रकाशनहरूबाट पप-पङ्कको क्षेत्रमा रानीको उपाधि प्राप्त गरेकी थिइन।[३][४] उनलाई पप-पङ्क सङ्गीतको विकासमा एक प्रमुख सङ्गीतकार मानिन्छ। उनले २०२० को दशकको सुरुमा महिला नेतृत्वमा, पङ्क-प्रभावित पप सङ्गीतको लागि मार्ग प्रशस्त गरेकी थिइन्।[५][६] उनको दोस्रो स्टुडियो एल्बम, अन्डर माई स्किन (सन् २००४), संयुक्त राज्य अमेरिकाको बिलबोर्ड २०० तालिकाको शीर्षमा पुग्ने उनको पहिलो एल्बम बनेको थियो, जसले विश्वव्यापी रूपमा १ करोड प्रतिहरू बिक्री गरेको थियो।

एभ्रिल लाभिन
सन् २०१९ मा लाभिन
जन्मएभ्रिल रामोना लाभिन
(1984-09-27) सेप्टेम्बर २७, १९८४ (उमेर ३९)
बेलेभिल, ओन्टारियो, क्यानडा
नागरिकता
  • क्यानडा
  • फ्रान्स[१][२]
पेशा
  • गायिका
  • गीतकार
कार्यकालसन् १९९९–हाल
कार्य
जीवनसाथी
(
वि २००६; सवि २०१०)
(
वि २०१३; सवि २०१५)
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्जर
  • गितार
  • पियानो
  • ड्रम
लेबल
हस्ताक्षर
वेबसाइटavrillavigne.com

लाभिनको तेस्रो स्टुडियो एल्बम, द बेस्ट ड्याम थिङ (सन् २००७), विश्वका सात देशहरूमा शीर्ष स्थानमा पुग्न सफल भएको थियो र यसको प्रमुख गीत "गर्लफ्रेन्ड"ले अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेको थियो जुन संयुक्त राज्य अमेरिकामा बिलबोर्ड हट १०० को शीर्षमा पुग्ने उनको पहिलो गीत बनेको थियो। उनको अर्को दुई स्टुडियो एल्बमहरू, गुडबाई लुलाबाई (सन् २०११) र एभ्रिल लाभिन (सन् २०१३) ले निरन्तर व्यावसायिक सफलता हासिल गरेको थियो। क्यानडा, संयुक्त राज्य अमेरिका र अन्य क्षेत्रहरूमा उक्त एल्बम स्वर्ण प्रमाणित भएको थियो।[७] आफ्नो छैटौँ स्टुडियो एल्बम, हेड अबोभ वाटर (सन् २०१९) जारी गरेपछि, उनी आफ्नो सातौँ स्टुडियो एल्बम, लभ सक्स (सन् २०२२) को साथ आफ्नो साङ्गीतिक यात्रामा पुनः फर्किएकी थिइन्।[८] उनको प्रशंसामा आठ ग्रामी पुरस्कार नामाङ्कनहरू समावेश छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Lavigne, Avril (फेब्रुअरी ९, २०११), "Interview on NRJ Radio", मूलबाट सेप्टेम्बर ५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १५, २०१३, "I love France, in fact my father was born here, so I have applied for my French passport. I love this country so much that I am getting a French passport."  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ५, २०१४ मिति
  2. Vallet, Stéphanie (अक्टोबर २२, २०११), "Avril Lavigne: francophone dans l'âme", La Presse, मूलबाट अक्टोबर १, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१३ 
  3. Gamble, Ione, "11 Times Kelly Osbourne's Early 2000 Outfits Were Our Pop Punk Inspiration – PHOTOS", मूलबाट अगस्ट १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १५, २०१७, "Whether owning the red carpet with then-bestie and reigning queen of pop-punk Avril Lavigne." 
  4. Lindner, Emily, "Which 2004 Pop Punk Princess Are You?", मूलबाट मे २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १५, २०१७, "Where have all the pop punk girls gone? Sure, Avril Lavigne still reigns as queen, but when it comes to the kind of angsty, badass ladies who gave us an outlet in the early aughts, we're running short these days." 
  5. Cipolla, Miranda, "12 Things The World Wouldn't Have Without Canadian Music", Narcity, मूलबाट अगस्ट १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १८, २०१७, "10. And the global pop-punk scene wouldn't have ever even existed without Avril Lavigne. "Complicated" was the pop-punk ballad heard around the world, and the video is responsible for the suspenders and t-shirt trend that basically defined the early 2000s." 
  6. Rosales, Armando, "Avril Lavigne, the greatest exponent of pop punk", QuarterRockPress.com (स्पेनीमा), मूलबाट मार्च ३१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३१, २०१७ 
  7. "Rock N' Roll (Walmart Exclusive), Avril Lavigne: Pop", Walmart.com, अगस्ट २७, २०१३, मूलबाट नोभेम्बर ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ४, २०१३ 
  8. Spanos, Brittany (२०२२-०२-२५), "Avril Lavigne Gets Back to Her Aughts Emo Bubble-Punk Roots on the Absolutely Killer 'Love Sux'", Rolling Stone, अन्तिम पहुँच २०२२-०४-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्