एन्थोनी स्टिफन फौसी ( /ˈfi/; जन्म डिसेम्बर २४, १९४०) एक अमेरिकी चिकित्सक र प्रतिरक्षाविज्ञानी हुन् जसले सन् १९८४ देखि एलर्जी र सङ्क्रामक रोगहरूको राष्ट्रिय संस्थान (एनआइएआइडी) का निर्देशकको रूपमा काम गरेका छन्। जनवरी २०२० देखि, उनी संयुक्त राज्य अमेरिकामा कोभिड- १९ महामारीलाई सम्बोधन गर्दै ट्रम्प प्रशासनको ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका प्रमुख सदस्यहरू मध्ये एक हुन्। फौसी सङ्क्रामक रोगहरूका लागि विश्वका अग्रणी विशेषज्ञहरू मध्ये एक हुन्, र महामारीको सुरुवातको अवधिमा 'द न्यु योर्कर' र 'द न्यु योर्क टाइम्स'ले फौसीलाई संयुक्त राज्य अमेरिकाको सबैभन्दा विश्वसनीय चिकित्सा व्यक्तित्वको रूपमा वर्णन गरेको थियो।[१][२][३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Specter, Michael, "How Anthony Fauci Became America's Doctor", The New Yorker, मूलबाट अप्रिल १३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०२० 
  2. "The face of America's fight against Covid-19", BBC News, मार्च २५, २०२०, मूलबाट अप्रिल ४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०२० 
  3. Alba, Davey; Frenkel, Sheera (मार्च २८, २०२०), "Medical Expert Who Corrects Trump Is Now a Target of the Far Right", The New York Times, मूलबाट अप्रिल २, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ९, २०२० 
  4. Grady, Denise, "Not His First Epidemic: Dr. Anthony Fauci Sticks to the Facts" वेब्याक मेसिन अभिलेखिकरण मार्च २७, २०२० मिति, The New York Times, March 8, 11, 2020.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्