एनि फ्रेन्क

डायरीको विनासको सिकार र लेखकको

एनि फ्रेन्क (१२ जुन १९२९ – फेब्रुअरी वा मार्च १९४५) जर्मनी मा जन्मिएकी डायरी लेखिका थिइन् । दोस्रो विश्व युद्धको समयकी उनी एक यहुदी थिइन्; नाजी जर्मनीबाट बच्न उनको परिवारसँग लुक्ने क्रममा उनले लेखिएको डायरीको प्रकाशन पछि उनी चर्चामा आएकी थिइन् । उनको मृत्यु पश्चात् पछि मात्र भएको उनको डायरी प्रकाशन थुप्रै चलचित्र, नाटकहरूका लागि पनि आधार बन्ने गरेको छ ।

एनि फ्रेन्क
सन् १९४० मा फ्रेन्क
सन् १९४० मा फ्रेन्क
जन्म(१९२९-०६-१२)१२ जुन १९२९
फ्रेंकफर्ट, जर्मनी
मृत्युफेब्रुअरी / मार्च १९४५ (अनुमानित), (१५ वर्षको उमेरमा)
पेशाडायरी लेखिका
भाषाडच
राष्ट्रियता
  • सन् १९४१ सम्म जर्मनीवासी
  • सन् १९४१ पश्चात् नागरिकता विहिन
आफन्तहरू
  • ओटो फ्रेन्क (बाबू)
  • एडिथ फ्रेन्क (आमा)
  • मार्गेट फ्रेन्क (दिदी)
  • बुडी एलियास् (कजन)

हस्ताक्षर

फ्रेंकफर्ट, जर्मनीमा जन्मिएकी भए पनि एनिले आफ्नो जीवनको धेरै समय एम्स्टरडेम, नेदरल्यान्डस् मा बिताइन् । नेदरल्यान्डस्मा उनी सारेँ चार वर्षकी हुदाँ आफ्ना परिवारसँग गएकी थिइन् । उक्त समय जर्मनीको शासन सत्ता नाजीको हातमा पुगेको थियो । जर्मनी मुलकी भए पनि उनी पछि राष्ट्रविहिन भइन् । सन् १९४२बाट एनीकी परिवार लुक्न बाध्य भए, सन् १९४४ अगस्ट जब एनीकि परिवार पक्राउ परे : उक्त समय सम्म एनीले जन्मदिनमा पाएकी एक डायरीमा सम्पूर्ण दिनचर्या लेख्ने गर्थिन् । पछि एनीको टाइफाइडद्वारा मृत्यु भएको अनुमान गरिन्छ ।

एनीकी बाबु ओटो नेदरल्यान्डस् फर्कँदा एनीको डायरी भेट्टाए पछि, अर्का सहयोगी मिप गिसको सहयोगमा सन् १९५२ मा एनीको डायरी डच भाषाबाट अनुवादित भइ द डायरी अफ योङ गर्ल का रूपमा प्रकाशित भयो ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्