एनएनआइपीए उत्कृष्ट खेलाडी २०७४


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ(एनएनआइपिए) ले २०७५ पौष १३ गते एनएनआइपिए वर्ष उत्कृष्ट खेलाडीहरूलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरेको थियो । जस अन्तर्गत दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका थिए । सर्वोत्कृष्ट दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

एनएनआइपीए वर्ष उत्कृष्ट खेलाडी
मिति२०७५ पौष १३, शुक्रबार
स्थानललितपुर महानगरपालिका, पाटन
देश नेपाल
आयोजकएनएनआइपिए

ललितपुर महानगरपालिकाको वडा नं १६ सहआयोजनामा पौष १३ गते शुक्रबार पाटनमा भएको पुरस्कार वितरण कार्यक्रममा विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी घोषित गदै पुरस्कृत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा सामेल २९ खेल सम्बन्धित खेल संघको सिफारिसमा २०७४ को प्रदर्शनका आधारमा उनीहरू उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

उत्कृष्ट खेलाडीहरू सम्पादन गर्नुहोस्

सबै खेलका उत्कृष्ट सबै खेलाडीहरूले एनएनआइपिएबाट ५ हजार र सम्बन्धित खेलको संघबाट ५ हजार गरी कुल जम्मा १० हजार रुपैयाँ प्राप्त गरेका थिए[१]

खेलाडी खेल
रमेश भट्टचन आर्चरी
विश्वरूपमा बुढा एथलेटिक्सकी
नङ्सल तामाङ ब्याडमिन्टन
मनीषराज राजोपाध्याय बास्केटबलका
बिमला श्रेष्ठ बक्सिङ
स्व. नारायणगोपाल महर्जन साइक्लिङ
फेन्सिङ जंगा गिरी
साबित्रा भण्डारी फुटबल
टंकबहादुर कार्की गल्फ
बन्दना राई ह्यान्डबल
मनोज चौधरी हक्की
मनिता श्रेष्ठ प्रधान जुडो
नागेश्वर थारु कबड्डी
अनु अधिकारी कराँते
सन्तोष बोहोरा खोखो
प्रनभ खनाल लन टेनिस
सुनिता तामाङ नेसनल तेक्वान्दो
रुपेश सुनुवार सेपाकताक्रो
सुस्मिता सुटिङ
युकेश योञ्जन सफ्ट टेनिस
भावना सुनुवार स्क्वास
गौरिका सिंह पौडी
स्यान्टु श्रेष्ठ टेबल टेनिस
अस्मिता खड्का तेक्वान्दो
बसन्त थारु ट्रायथोलन
इम रानामगर भलिबल
कमलबहादुर अधिकारी भारोत्तोलन
माया लाहोर कुस्ती
अमर सुनार उसु

आदर्श खेल व्यक्तित्व सम्पादन गर्नुहोस्

पुरस्कार कार्यक्रममा भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ता गजराज आदश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सर्वाधिक पदक जितेको खेल भारोत्तोलन रहेको थियो । देश भित्र भारोत्तालन विकासमा गुप्ताको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ । गुप्त हाल नेपाल भारोत्तलन सङ्घका महासचिव समेत हुन् ।

उत्कृष्ट पत्रकार सम्पादन गर्नुहोस्

दुई दशक भन्दा लामो समय देखि खेलकुद पत्रकारितामा सक्रिय खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई खेलाडी संघले एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो । २०५२ सालमा समाचार पत्रबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी हाल बिबिसी नेपाली सेवामा कार्यरत छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष राजवंशी एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एसिया) का कोषाध्यक्ष हुन् ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्