एडभार्ड मोजर
एडभार्ड मोजर (जन्म २७ अप्रिल १९६२) नर्वेको प्रसिद्ध मनोवैज्ञानिक र ट्रनह्याम, नर्वे स्थित नार्वेजियन यूनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) मा रहेको कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरीमा संस्थान निर्देशक हुन् ।
एडभार्ड मोजर | |
---|---|
जन्म | एल्संड, नर्वे | २७ अप्रिल १९६२
राष्ट्रियता | नर्वेजियन |
चिनारीको कारण | ग्रीड कोषिका, प्लेस कोषिका, बोर्डर कोषिका, न्यूरो कोषिका |
जीवनसाथी | मे ब्रिट मोजर |
पुरस्कार | चिकित्सा (२०१४) |
वैज्ञानिक करियर | |
क्षेत्र | न्यूरो विज्ञान |
शिक्षा | कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरी |
मोजर तथा उनकी स्वास्नी मे ब्रिट मोजर पीएचडी गरेको एक वर्ष पछि सन् १९९६ मा एनटीएनयूमा मनोविज्ञान तथा न्यूरोविज्ञानका सह-प्राध्यापक (एसोशिएट प्रोफेसर) पदमा नियुक्त भएका थिए। मोजरले आफ्नो स्वास्नीसँग मिलेर विभिन्न पुरस्कार प्राप्त गरेका छन् जस मध्ये लोइसा ग्रास होविट्ज प्राइज र कार्ल अवार्ड पनि सामेल छन् । सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत उनलाई उनको स्वास्नी तथा जोहन ओ केफे संगै चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका छन् ।[१][२]
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्मोजरको जन्म एल्संड मा भएको थियो । सन् १९५० मा उनका आमा-बुवा जर्मनीबाट नर्वे सरेका थिए । उनको बुवा पाइप आर्गन निर्माता थिए ।[३][४]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ ताजा खबर (६ अक्टोबर २०१४), "चिकित्सा शास्त्रको नोवेल ३ बैज्ञानिकलाई", जनखबर।[स्थायी मृत कडी]
- ↑ "Press Release: The 2014 Nobel Prize in Physiology or Medicine" [प्रेस विज्ञप्ति: २०१४ के चिकित्सा के क्षेत्र में नोबेल पुरस्कार] (अङ्ग्रेजीमा), नोबेल प्राइज, ६ अक्टोबर २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ http://www.smp.no/nyheter/article10203143.ece वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०८ मिति
- ↑ http://www.dagbladet.no/2014/10/06/nyheter/forskning/nobelpris/nobelpris_i_medisin/may-britt_moser/35616764/