एक्स-रे
(एक्स किरणबाट अनुप्रेषित)
एक्स-रे, अथवा एक्स-विकिरण, उच्च शक्ति (उर्जा) भएको विद्युतचुम्बकीय विकिरण हो। यसको वेभलेन्थ १० पिकोमिटर देखि १० नानोमिटरको आसपासमा हुन्छ र फ्रिक्वेन्सी ३० पेटाहर्ज देखि ३० जेटाहर्ज र शक्ति १२४ इलेक्ट्रोनभोल्ट देखि १२४ किलो इलेक्ट्रोनभोल्टको हाराहारीमा हुन्छ। एक्स-रेको वेभलेन्थ परावैजनी किरणको भन्दा लामो र "गामा-रे"को भन्दा छोटो हुन्छ। कयौं देशमा एक्स-रे लाई यसको खोजकर्ता जर्मन बैज्ञानिक विलियम रोन्टजेनको नामबाट रोन्टजेन विकिरणको नामले समेत जानिन्छ। यसको खोज उनले १८९५ नोभेम्बर ८ मा गरेका थिए। [१] उनले अज्ञात किसिमको विकिरणलाई चिनाउन यसको नाम "एक्स-रे" राखेका थिए।[२] यो उपलब्धिबाट उनले १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए।[२] उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई टेन्टजेनियम राखिएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा एक्स-रे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।