श्रीमती उषा थोराट (जन्म २० फेब्रुअरी १९५०) १० नोभेम्बर २००५ देखि ९ नोभेम्बर २०१० सम्म भारतीय रिजर्व बैङ्कको डिप्टी गवर्नर रहिन्।उनीले दिल्ली स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा मास्टर्सको डिग्री प्राप्त गरेकी थिइन्। अप्रिल १९७२मा उनी रिजर्व बैङ्कमा समावेश भइन्। उनी रिजर्व बैङ्क स्टाफ कलेजमा संकायको सदस्या थिइन् र उनीले आरबीआईको गुवाहाटी कार्यालयमा पनि सेवाहरू प्रदान गरिन्। अप्रिल २००४बाट उनीले भारतीय रिजर्व बैङ्कको कार्यकारी निदेशकको पदमा कार्य गरिन्। २००५मा उनी डिप्टी गवर्नर बनिन् र २०१०मा यो पदबाट रिटायर भइन्।

ऊषा थोरट
भारतीय रिजर्व बैङ्कको डिप्टी गवर्नर
कार्यकाल
१० नोभेम्बर२००५देखि ९ नोभेम्बर २०१०
उतराधिकारीश्यामला गोपीनाथ[१]
भारतीय रिजर्व बैङ्कको कार्यकारी निदेशक
कार्यकाल
अप्रिल २००४देखि नोभेम्बर २००५
व्यक्तिगत विवरण
जन्म (1950-02-20) २० फेब्रुअरी १९५० (उमेर ७४)
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानलेडी श्री राम कलेज, दिल्ली तथा दिल्ली स्कूल अफ इकोनमिक्स

उनी बैङ्क अफ बडौदा, इंडियन ओवरसीज बैङ्क र भारतीय प्रतिभूति व्यापार निगम (सिक्योरिटीज ट्रेडिंग कार्पोरेशन अफ इन्डिया)को बोर्ड अफ डायरेक्टर्समा पनि रहिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्