उमेश श्रेष्ठ

नेपालको संविधान सभा सदस्य

उमेश श्रेष्ठ नेपालका एक व्यवसायी एवं राजनीतिज्ञ हुन् । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यरामन्त्रीका रूपमा कार्यरत छन् ।[१] यसअघि उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री (नियुक्ति मितिः वि. सं. २०७८ साउन २०) थिए ।[२] उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य (कार्यकालः वि. सं. २०७४-२०७९) पनि थिए ।[३] २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत् नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका उनले संसदको आर्थिक समिति र शिक्षा तथा स्वास्थ्य समितिको सदस्य तथा विभिन्न उपसमितिको संयोजक भएर काम गरेका थिए । व्यवसायीका रुपमा उनले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष पनि हुन् ।

उमेश श्रेष्ठ

जन्म सम्पादन गर्नुहोस्

उनको जन्म भोजपुरमा भएको हो । प्रवेशिकासम्म उनले भोजपुरमै पढेका थिए ।[४]

बाल्यकाल सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

उनले बीए र बीएडसम्मको अध्ययन गरेका छन् ।

योगदान सम्पादन गर्नुहोस्

  • प्याब्सनका अधक्षको रूपमा।
  • लिटिल अन्जेल्स स्कुलका सस्थापक प्रिन्सिपलका रूपमा।

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेस का उम्मेदवार उमेश श्रेष्ठले चितवन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट १४,९८३[५]मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग पराजित भए।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप जीवनी सम्पादन गर्नुहोस्

उदयराज पाण्डे