नेवाः जातीमा बालिका रजश्वला नभईकन 'इहि' गराउने प्रचलन छ। इहिका विभिन्न परम्पराहरूमा उसको बेलसँग विवाह गरिदिने पनि गरिन्छ। इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

काठमाडौंमा आयोजित सामुहिक इहि

सती प्रथा उन्मुलनसम्पादन

सती प्रथा उन्मुलन गर्नका लागि इहिको परम्परा आरम्भ भएको थियो।

चित्र दिर्घासम्पादन

स्रोतसम्पादन

"https://ne.wikipedia.org/w/index.php?title=इहि&oldid=887971" बाट अनुप्रेषित