इबाराकी प्रदेश जापानको एक प्रदेश हो। यसको क्षेत्रफल ६०९७ बर्ग मिटर रहेको छ र यहाँ लगभग २८ लाख मानिस बसोबास गर्छन्। मितो शहर यो प्रदेशको राजधानी हो र सबै भन्दा ठूलो शहर पनि हो। [१]

इबाराकी प्रदेशको मितो शहरमा रहेको मुख्यालय

इतिहास सम्पादन गर्नुहोस्

इबाराकी प्रिफेक्चरलाई पहिले हिताची प्रान्त भनिने गरिन्थयो। १८७१ मा यसको नामाकारण इबाराकी गरिएको थियो।

भूगोल सम्पादन गर्नुहोस्

 
नदीहरू सिन्टोन नदी (बाँया) र टोने नदी (दाँया)
 
इबाराकी प्रान्तको नक्सा



     City     Town     Village     Lake

पहाडहरू सम्पादन गर्नुहोस्

प्रदेशको उत्तरी भागमा चुकुबा भन्ने पहाड रहेको छ। यसको उचाई १०२२ मिटर रहेको छ।

खोलानाला सम्पादन गर्नुहोस्

प्रदेशको मुख्य नदीहरूमा टोने, नाका र कुजी नदीहरू पर्दछन्। ती सबै नदी प्रशान्त महासागरमा मिसिन्छन्।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

इबाराकीको अर्थतन्त्र ऊर्जा उत्पादन (विशेष गरी आणविक ऊर्जा), रासायनिक र मेसिनिङ उद्योग, अनुसन्धान संस्थान र पर्यटनमा आधारित छ। कृषि, माछा मार्ने र पशुपालन पनि यो प्रदेशको महत्त्वपूर्ण अर्थतन्त्रका क्षेत्रहरू हुन्। [२]

 
चुकुवा पहाडको फेदमा धान खेत

नोटहरू सम्पादन गर्नुहोस्

  1. Nussbaum, "Mito" at Japan Encyclopedia, पृ. 642, गुगल बुक्स मा.
  2. "About Ibaraki", invest.indus.pref.ibaraki.jp, मूलबाट नोभेम्बर १४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १२, २०२१ 

सन्दर्भहरू सम्पादन गर्नुहोस्