इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार

इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार [१] नेपालको सेवाको लागि प्रदान गरिने प्रतिष्ठित पुरस्कार हो । यो पुरस्कार देशको नाटक, नृत्य क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाई वार्षिक रुपमा प्रदान गरिन्छ । पहिले यो पुरस्कार श्री ५ को सरकार तथा हाल राष्ट्रपतिदारा प्रदान गरिन्छ ।[२]

इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार
देश नेपाल
प्रस्तुतकर्ताश्री ५ सरकार, (हाल राष्ट्रपति)
योग्यतानाटक, नृत्य
स्थापना२०१६
प्रथम पुरस्कृतवि.सं. २०१६
अन्तिम पुरस्कृतवि.सं.२०६०
जम्मा प्राप्तकर्ताहरू४२

ईतिहास सम्पादन गर्नुहोस्

ईन्द्रराज्यलक्ष्मी–प्रज्ञा पुरस्कार राजा महेन्द्रका पत्नि तथा यूवरानी ईन्द्रराज्यलक्ष्मी देवी शाहको नामबाट राखिएको हो । यस्को स्थापना वि.सं. २०१६ सालमा तत्कालिन राजा श्री ५ महेन्द्र विर विक्रम शाहबाट स्थापना गरिएको थियो । शुरुवातमा यस्को नाम ईन्द्रराज्यलक्ष्मी पुरस्कार राखिएको थियो । वि.सं. २०३१ सालमा आएर यस पुरस्कारको नाम ईन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कारको नाममा परिवर्तन गरियो भने वि.सं. २०४४ मा यस पुरस्कारको धनराशी नगद रु ५०,००० गरियो ।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "प्रज्ञा पुरस्कार", nepalacademy.gov.np, अन्तिम पहुँच १५ फेब्रुअरी २०२४ 
  2. "Litterateurs to be feted", thehimalayantimes.com, अन्तिम पहुँच १५ फेब्रुअरी २०२४