इन्टरनेट
अन्तरजाल कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको विश्वव्यापी सञ्जाल वा कम्प्युटरहरूको विशाल समूह हो। यो संसार भरिका कम्प्युटर सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान प्रदान गरिने प्रविधि हो।
सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रुपमा विकसित भएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व अन्तरजाल नै रहेको छ। शुरुका दिनहरूमा अन्तरजाल सेवा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध थियो। अन्तरजाल सेवा एक विशेष तर सानो आकारबाट सुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न अङ्गको रूपमा प्रयोग हुदैछ। अन्तरजाल एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ। कतिपय देशमा इन्टरनेट सेवालाइ मानव अधिकाकारकै रूपमा लिइन्छ।
इतिहास
सम्पादन गर्नुहोस्अन्तरजालको इतिहास, सन् १९५० को दशकतिर सुरु भयो । जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै अन्तरजालको जन्म भएको हो । बिगतमा अन्तरजाललाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा विश्वविद्यालयमा सिमित थियो : युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट् र युताह विश्वविद्यालय । शीतयुद्धकालिन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि अन्तरजाल सञ्जालको परिकल्पना गरिएको थियो ।
बिगतमा अन्तरजाल केवल बैज्ञानिक, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो । अन्तरजालको पुर्ण व्यावसायिकरण सन् १९९५ मा आएर मात्र भएको हो ।
प्रविधि
सम्पादन गर्नुहोस्संसार भरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई अन्तरजाल भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा विभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न विभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । प्रोटोक त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाइ एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ । नेटवर्क सञ्जालहरू विभिन्न प्रकारका हुन्छन् । जस्तै लोकल एरिया नेटवर्क (LAN), वाइड एरिया नेटवर्क (WAN), मेट्रोपोलिटन एरिया नेटवर्क (MAN), स्टोरेज एरिया नेटवर्क (SAN) इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल अन्तरजाल नै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचनाहरू पठाउनको लागि दुवै तिर के-कस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो | अन्तरजालको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकोले अन्तरजाल सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् | यसले गर्दा जोसुकैले बनाएको भए पनि अन्तरजालको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन् | यसले गर्दा पनि अन्तरजालको व्यापक विकास र विस्तार सम्भव भएको छ।
सञ्जाल चलाउनलाई विभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग हुन्छ जस्तै राउटर, स्विच, इथर्नेट कार्ड इत्यादि । माथि उल्लेख गरिए जस्तै यी सबै उपकरणहरू अन्तरजाल मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन् |
सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्युटरको आ-आफ्नो अद्वितिय आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै अन्तरजालको यो आइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन् | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् | यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् | तथापी अन्तरजालमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरूमा सो नया ठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |
ब्यबस्थापन र सञ्चालन
सम्पादन गर्नुहोस्सञ्चालन र ब्यबस्थापनको सन्दर्भमा विश्वभर फैलिएको अन्तरजाल सञ्जालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:
- क्रमिक रूपमा विकसित र बिस्तारित
- कुनै एक व्यक्ति, निकाय वा संस्थासँग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
- वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
अन्तरजाल एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरूको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइपी ठेगाना, डोमेन नाम जस्ता संसारभर दोहोरिन नहुने आयामहरूको ब्यबस्थापन केन्द्रिकृत रूपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरूले गर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क सञ्चालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत अन्तरजाल सञ्जालको विकास भएको हो ।
सेवा, सुबिधा
सम्पादन गर्नुहोस्सञ्चार माध्यम यथार्थमा अन्तरजालको शुरुवात एक सञ्चार माध्यमको रूपमा नै भएको थियो | शुरुका दिनहरूमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरूले आफ्नो आफ्नो कम्प्युटरहरू एक्लो रूपमा चलाउनु भन्दा तिनीहरूलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारीहरू अरुकहाँ पुर्याउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरूले कम्प्युटरहरूलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको विकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको अन्तरजाल हो |
अन्तरजाल आधारभूत रूपमा कम्प्युटरहरु बिचको सञ्चार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको सञ्चार साधनको रूपमा विकास भयो | अझ हालका दिनहरूमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास अन्तरजाल उन्मुख भएकोले अन्तरजाल एक सञ्चार साधनभन्दा बढी एक आधारभूत संरचनाको रूपमा स्थापित भैसकेको छ जसमा सञ्चार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन् |
जानकारीको श्रोत
- सामाजिक संजाल
- विद्युतीय व्यापार, कारोबार
- विद्युतीय मुद्रा
- बिज्ञापन, प्रचार प्रसार
- जानकारी प्रकाशन/प्रसारण गर्ने माध्यम