इकाइनोकोक्कोसिस, जुन हाइडाटिड रोग, हाइडाटिडोसिस, वा इकाइनोकोक्कल रोगको नामले पनि परिचित छ, यो इकाइनोकोक्कस प्रकारको फित्तेजुकाको कारणले हुने एक परजीवी रोग हो। मानिसहरूलाई दुई मुख्य खाले रोग लाग्छ, सिस्टिक इकाइनोकोक्कस र एल्भिओलर (वायुकोशा) इकाइनोकोक्कस। दुईवटा कम आम खाले प्रकार पनि छन्, जुन पोलिसिस्टिक इकाइनोकोक्कस र युनिसिस्टिक इकाइनोकोक्कस हुन्। यो रोग प्राय: कुनैपनि लक्षण बिना नै सुरू हुन्छ र यो वर्षौंसम्म रहिरहन सक्छ। देखिने लक्षण तथा सङ्केतहरू फोडा (सिस्ट) रहेको स्थान र त्यसको आकारमा निर्भर हुन्छ। एल्भिओलर (वायुकोशा)रोग सामान्यतया कलेजोमा सुरू हुन्छ तर यो फोक्सो वा मस्तिष्क लगायत शरीरका अन्य भागहरूमा पनि फैलन सक्छ। कलेजो संक्रमित भएपछि व्यक्तिलाई पेट दुख्ने, वजन घट्ने, र पहेँलोदेखिने हुन्छ। कलेजोमा संक्रमण भएपछि छाती दुख्ने, स्याँस्याँ हुने र खोकी लाग्ने हुन्छ।[१]

इकाइनोकोक्कोसिस
विभाग:Infectious diseases, helminthologist Edit this on Wikidata

यो परजीवीको अण्डा रहेको खानेकुरा खाँदा वा पानी पिउँदा वा संक्रमित जनावरको नजिकको सम्पर्कमा आउँदा यो रोग सर्ने गर्छ।[१] यी अण्डाहरू यो परजीवीद्वारा संक्रमित मांसहारी जनावरहरूको दिसामा हुन्छ।[२] सामान्य रूपमा संक्रमित हुने जनावरहरूमा कुकुर, स्याल र ब्वाँसोहरू पर्दछन्।[२] यी जनावरहरूले भेँडा वा मुसो, छुचुन्द्रो, खरायो, लोखर्के, इत्यादिको यो फोडा (सिस्ट) युक्त अङ्गहरू खाँदा यिनीहरू संक्रमित हुने गर्छन्।[२] मानिसहरूमा हुने रोगको प्रकार यो संक्रमणको कारक रहेको इकाइनोकोक्कस को प्रकारमा निर्भर हुन्छ। सामान्यतया यो रोगको निदान कम्प्युटर टोमोग्राफी (CT) मार्फत अल्ट्रासाउण्ड गरेर गरिन्छ वा चुम्बकीय अनुकम्पन इमेजिङ (MRI) पनि प्रयोग गर्न सकिन्छ। परजीवी विरुद्ध काम गर्ने एन्टिबडीहरू पत्ता लगाउनको लागि रगत परीक्षण गर्नु वा बायोप्सीगर्नु पनि उपयोगी हुन सक्छ।[१]

सिस्टिक रोगको रोकथाम भनेको यो रोग बोकेको हुन सक्ने कुकुरहरूको उपचार गर्नु र भेँडाहरूलाई खोप लगाउनु हो। उपचार प्राय: कठिन हुने गर्छ। औषधि उपचार पछि सिस्टिक रोगलाई छालाबाट निकास गर्न सकिन्छ।[१] कहिलेकाहीँ यस्तो प्रकारको रोगलाई केवल हेरिन्छ मात्र।[३] एभिओलर (वायुकोशा) प्रकारको लागि, औषधि प्रयोग गरेपछि प्राय: शल्यक्रिया गर्न आवश्यक हुन्छ।[१] प्रयोग हुने औषधि अल्बेन्डाजोल (albendazole) हो जसलाई वर्षौंसम्म सेवन गरिरहनुपर्ने हुन सक्छ।[१][३] एभिओलर (वायुकोशा) रोगको कारणले मृत्यु समेत हुन सक्छ।[१]

यो रोग विश्वको धेरैजसो क्षेत्रहरूमा हुने गर्छ र हाल यसद्वारा लगभग दश लाख मानिस संक्रमित छन्। दक्षिण अमेरिका, अफ्रिका, एसियाका केही भागहरूमा यसद्वारा केही निश्चित जनसङ्ख्याको 10% सम्म प्रभावित छन्।[१] सन् 2010 को तथ्याङ्क अनुसार यसको कारणले गर्दा 1200 जनाको मृत्यु भएको थियो जुन सन् 1990 मा 2000बाट घटेको हो।[४] यो रोगको कारणले प्रतिवर्ष 30 खर्ब अमेरिकी डलर बराबरको आर्थिक भार उत्पन्न हुन्छ भन्ने अनुमान गरिएको छ। यसले सुङ्गुर, गाई र घोडा जस्ता अन्य जनावरहरूलाई पनि प्रभावित गर्छ।[१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Echinococcosis Fact sheet N°377", World Health Organization, मार्च २०१४, अन्तिम पहुँच १९ मार्च २०१४ 
  2. २.० २.१ २.२ "Echinococcosis [Echinococcus granulosus] [Echinococcus multilocularis] [Echinococcus oligarthrus] [Echinococcus vogeli]", CDC, नोभेम्बर २९, २०१३, अन्तिम पहुँच २० मार्च २०१४ 
  3. ३.० ३.१ "Echinococcosis Treatment Information", CDC, नोभेम्बर २९, २०१३, अन्तिम पहुँच २० मार्च २०१४ 
  4. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604