आशिकुर रहमान (बङ्गाली: আশিকুর রহমান) एक बङ्गलादेशी चलचित्र निर्देशक, चलचित्र निर्माता तथा कटकथा लेखक हुन्। उनले हाल सम्म ५ चलचित्रहरू; किस्तिमात, गङ्स्टार रिटार्नस, मुसाफिर, अपारेशन अग्निपथ चथा सुपार हिरोमा निर्देशन गरिसकेका छन्। उनले किस्तिमात चलचित्र बाहेक सबै चलचित्रको पटकथा लेखेका थिए।

आशिकुर रहमान
আশিকুর রহমান
जन्मबङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
मातृ शिक्षाप्रतिष्ठानबङ्गलादेश प्राविधिक विश्वविद्यालय[१]
ढाका विश्वविद्यालय[१]
सिड्नी प्राविधिक विद्यालय[१]
पेशाअभियान्त्रीकी तथा निर्देशक
कार्यकालसन् २०११–हाल
चिनारीको कारणनिर्देशन
उल्लेखनीय कार्य
मुसाफिर
गृहनगरढाका

बाल्यकाल सम्पादन गर्नुहोस्

आशिकुर रहमानको जन्म बङ्गलादेशको राजधानी ढाकामा भएको थियो। रहमानले बङ्गलादेश इञ्जिनियरिङ तथा प्राविधिक विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङमा उतिर्ण गरेका थिए भने पछि अस्ट्रेलिया स्थित सिड्नी प्राविधिक विश्वविद्यालय मार्फत सिभिलमा स्नातक गरेका थिए। आशिकुरले ढाका विश्वविद्यालय मार्फत टेलिभिजन तथा चलचित्रमा स्नातकोत्तर डिग्री आर्जन गरेका थिए। आशिकुर रहमान बिएफडिसी चलचित्रता सङ्घका सदस्य तथा बिएफडिसी चलचित्र निर्देशक सङ्घका पनि सदस्य हुन्। उनी अस्ट्रेलियाली निर्देशक गिल्ड तथा इञ्जिनर्स अस्ट्रेलियाका पनि एक सदस्य हुन्।

कार्यकाल सम्पादन गर्नुहोस्

सन् २०१३ देखि रहमानले चलचित्र तथा टेलिभिजनको छायाङ्कन गर्न सुरु गरेका थिए जुन उनले शिमोन महमूदसँग सह-सहयोगी गरेका थिए।[२] ग्याङ्स्टार नाकम एक धाराबाहीक चलचित्रमा जायाउल फारुकी अपूर्व देखा परेका थिए जुन इन्ट्र्याक चलचित्र तथा मिडियाले निर्माण गरेको थियो भने यसलाई एसियन टेलिभिजनमा प्रसारण गर्ने तैयारी गरिएको थियो।[३] पछि एसियन टेलिभिजनले यस छायाङ्कनको श्रव्य दृश्य हेरेको थियो जसकारण एसियन टेलिभिजनले उक्त छायाङ्कनलाई अगाडि बढाउन सल्लाह दिएको थियो।[४] नोभेम्बर महिना पश्चात् यस नाटकको दोस्रो अंश ग्याङ्स्टार रिटार्नसको नामले सुरु गरिएको थियो।[५] यसैबीच रहमानले उनको अर्को चलचित्र किस्तिमातको छायाङ्कन तथा निर्माण गर्न सुरु गरेका थिए जुन सन् २०१४ मा सार्वजनिक गरिएको थियो। ग्याङस्टार रिटार्नस भने २७ नोभेम्बर २०१५ मा सार्वजनिक गरिएको थियो।[६]

रहमानले पछि सन् २०१६ मा उनको तेस्रो चलचित्र मुसाफिरको छायाङ्कन सुरु गरेका थिए जुन उनलेनै लेखेका थिए।[७] यस चलचित्र २२ अप्रिल २०१६ मा सार्वजनिक गरिएको थियो जसले दर्शक माझ प्रसंशा प्राप्त गरेको थियो भने डेल्ली स्टारका एक फारिम फेरदौसले पनि यस चलचित्र तथा अशिकुर रहमानको प्रशंसा गरेका थिए।[८][९] रहमानले पछि साडङ्शे तुमी नामक एक छोटो साङ्गीतिक चलचित्रमा पनि निर्देशकको भूमिका निर्वाह गरेका थिए जुन अप्रिल महिनामा सार्वजनिक गरिएको थियो।[१०] चलचित्र तथा टेलिभिजनबाट ४ वर्षको अवकाश पछि उनले पछि एसियन टेलिभिजनका लागि प्रिन्सेस नामक एक नाटकमा निर्देशन गरेका थिए।[११] सन् २०१६ मा उनले अग्नीपथ नामक एक चलचित्रमा पनि निर्देशकको भूमिका निर्वाह गरेका थिए।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "বিয়ে করলেন পরিচালক আশিকুর রহমান", Kaler Kantho, २८ जनवरी २०१७, अन्तिम पहुँच २३ जुन २०१८ 
  2. "Apurbo as action hero in small screen", The New Nation, १५ जनवरी २०१७, मूलबाट १७ नोभेम्बर २०१८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १७ नोभेम्बर २०१८ मिति
  3. "Apurbo in big screen", The New Nation, १८ नोभेम्बर २०१८। 
  4. "Apurbo enthrals Sydney audience", The New Nation, १७ नोभेम्बर २०१८। 
  5. "Arifin Shuvo with Warning", The New Nation, १५ जनवरी २०१७।  वेब्याक मेसिन अभिलेखिकरण २ अक्टोबर २०१८ मिति
  6. "Apurbo's film journey begins with 'Gangster Returns'", The Daily Star, १५ जनवरी २०१७। 
  7. "Musafir: An action-packed affair", The Daily Star, १६ जनवरी २०१७। 
  8. "Antu Kareem in country’s first musical movie", The New Nation, १६ जनवरी २०१७।  वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २०१८ मिति
  9. "Bishwajit to watch ‘Sarangshe Tumi’ with 250 lucky viewers", The Independent, Dhaka, १६ जनवरी २०१७। 
  10. "Ashiqur sets to return on TV with Princess", Dhaka Tribune, १६ जनवरी २०१७, मूलबाट ১৮ জানুয়ারি ২০১৭-मा सङ्ग्रहित। 
  11. "Shakib Khan Sheds Weight for Upcoming Film", The Daily Star, १६ जनवरी २०१७। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्