आर्सेन वेङ्गर
आर्सेन वेङ्गर (जन्म २२ अक्टोबर १९४९) एक फ्रान्सेली फुटबल प्रबन्धक हुन, जो १९९६ यता प्रिमियर लिग क्लब आर्सनलको प्रशिक्षण गरिरहेका छन् । ट्रफीहरूको सन्दर्भमा कुरा गर्नु पर्दा उनी आर्सनलको इतिहासमा सबभन्दा सफल प्रबन्धक मानिन्छन् र साथै क्लबमा सबभन्दा लामो समय टिक्ने प्रबन्धक पनि हुन् । वेङ्गर इंग्लैण्डमा दुई प्रिमियर लिगमा जीत प्राप्त गर्ने पहिलो गैर-ब्रिटिश प्रबंधक हुन, उनले यस्तो कारनामा १९९८ र २००२ मा गरेका थिए । २००४ मा उनी प्रिमियर लिग को इतिहासमा एकमात्र यस्ता प्रबन्धक बने जसले पुरा लिगभरी बिना कुनै हार सिर्फ जीत हासिल गरे । वेङ्गरलाई एएस मोनाको र आर्सनलमा मिलेको सफलता पछि दुनियाकै सर्वोत्तम एएस प्रबन्धक का रूपमा मानिन थालियो । आर्सनलका पुर्व उपाध्यक्ष डेविड डीनले उनलाई "अद्भुत कार्यकर्ता" भनी तारिफ गरेका थिए किनकी फुटबलको क्षेत्रमा उनका प्रबन्धन र कुशलता अतुलनिय छन् । वेङ्गरसँग स्ट्रसबर्ग विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनियरिङ् मा डिग्री प्राप्त छ भने अर्थशास्त्रमा मास्टर डिग्री प्राप्त छ ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | Arsène Wenger[१] | ||
जन्म मिति | २२ अक्टोबर १९४९ | ||
जन्म स्थान | Strasbourg, France | ||
उचाइ | ६ फिट ३ इन्च (१.९१ मी)[२] | ||
खेल्ने स्थान(हरू) | Midfielder[३] | ||
युवा करियर | |||
1963–1969 | FC Duttlenheim | ||
1969–1973 | Mutzig | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
1969–1973 | Mutzig | ||
1973–1975 | Mulhouse | 56 | (4) |
1975–1978 | ASPV Strasbourg | ||
1978–1981 | RC Strasbourg | 11 | (0) |
जम्मा | 67 | (4) | |
प्रबन्धक करियर | |||
1984–1987 | Nancy-Lorraine | ||
1987–1994 | AS Monaco | ||
1995–1996 | Nagoya Grampus Eight | ||
1996–2018 | Arsenal | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
दृष्टिकोण र दर्शन
सम्पादन गर्नुहोस्वेङ्गरलाई एक यस्ता प्रशिक्षकको रूपमा वर्णन गरिन्छ जसले "आफ्नो करियर टोलीको निर्माणमा गुजारिदिए" र "एक सच्चा प्रबन्धक जो व्यक्तिगत र सामुहिक प्रविधि गुणवत्ता प्रति समर्पित छ ।" द टाइम्स' पत्रिकामा यो उल्लेख गरियो कि 2003–04 पछि वेङ्गरको खेल प्रतिको दृष्टिकोण आक्रामक रह्यो । उनको टोलीको खेल शैली उनका प्रतिद्वन्दीको दृष्टिकोण भन्दा विपरीत रहन्छ, तर एक "किलर टच" को कमिका कारण उनको आलोचना पनि भइरहन्छ । यद्यपी धेरै वर्षसम्म वेङ्गर 4–4–2 को संरचनामै आफ्ना खेलाडीलाई मैदान उतार्दै गए । 2005 पछि भने उनले अक्सर एक स्ट्राइकर र कसिलो मध्यपंक्तिको साथ 4–5–1 संरचनामा भरोसा गरे, विशेष रूपमा इमिरेट्स स्टेडियमका चौडा पिच र च्याम्पियन्स लिगका खेलहरूमा । सिजन 2009-10 को सुरूवातसँगै, वेङ्गरले आर्सनलमा 4–3–3 संरचनाको खेल अघि सारे, जसमा अग्रभागका पाँच हमलावर खेलका दौरान आफ्नो स्थान स्वतन्त्रतापुर्वक बदल्न सक्छन । प्रबल युवा प्रतिभाका लागि वेङ्गरको प्रतिष्ठा धेरै प्रबल छ ।
- ↑ "UK Companies House Directors 2002–2014 Transcription", Arsene Wenger. Town: London. County: London. Category: Directories & social history. Record collection: Directories & almanacs, अन्तिम पहुँच २० डिसेम्बर २०१४ – Findmypastद्वारा, (नामलेखन बाँकी (help))।
|subscription=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Arsène Wenger – Player Profile", Eurosport Australia, अन्तिम पहुँच १२ जुलाई २०१२।
- ↑ "Wenger on title race and Ramsey", Arsenal.com, ३० नोभेम्बर २०१३, अन्तिम पहुँच १ डिसेम्बर २०१३।