आबुल कासेम फजलुल हक (बङ्गाली: আবুল কাসেম ফজলুল হক जन्म: ३० सेप्टेम्बर १९४४) एक प्रख्यात बङ्गाली पत्रकार, लेखक, शोधकर्ता, इतिहासकार, अनुवादक, समाजशास्त्री, साहित्यकार आलोचक र राजनीतिक चिन्तक हुन्।[१][२] उनी राष्ट्रिय भाषा बङ्गालीको रक्षा समितिका संयोजक हुन्। उनी विशेष गरी निष्पक्ष राजनीतिक सोच र सिद्धान्तका लागि परिचित छन्।[३] अन्वेषक आबुल कासेम फजलुल हकको कार्यले पाठकहरूलाई आशा प्रदान गर्दछ। राज्य, समाज, व्यक्ति, राजनीति, अर्थशास्त्र, दर्शन, मनोविज्ञान, नैतिकता, अनुभूति, इतिहास आदिमा उनका यथोचित अनुसन्धान कार्यहरूले हाम्रो चेतना र सोचलाई सुदृढ र समृद्ध तुल्याउँछ। हकले सन् १९८१ मा बाङ्ला एकेडेमी साहित्य पुरस्कार प्राप्त गरेका थिए।[४]

आबुल कासेम फजलुल हक
मूल नाम
আবুল কাসেম ফজলুল হক
जन्म (1944-09-30) ३० सेप्टेम्बर १९४४ (उमेर ७९)
किशोरगञ्ज
पेशाप्रवक्ता, लेखक
भाषाबङ्गाली
नागरिकताबङ्गलादेशी
उल्लेखनीय पुरस्कारहरूबाङ्ला आकादमी साहित्य पुरस्कार (सन् १९८१)

हस्ताक्षर

जन्म र पारिवारिक परिचय सम्पादन गर्नुहोस्

आबुल कासेम फजलुल हकक‍ जन्म ३० सेप्टेम्बर १९४४ का दिन बङ्गलादेशको किशोरगञ्जमा भएको थियो। उनको बुवाको नाम मुहाम्मद आबलुल हाकिम, आमाको नाम जाहानारा खातुन र श्रीमतीको नाम फरिदा प्रदान हो। हकको एक मात्र छोरा फयसल आबेफिन दीपन हुन् जसलाई सन् २०१५ मा डाँकुहरूले हत्या गरेका थिए जो बङ्गलादेशका धर्म निरपेक्षतावादी व्यक्तित्व थिए। [५]

आबुल कासेम फजलुल हकले १९५९ मा मयमनसिङ्ह जिल्ला विद्यालयबाट प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए। सन् १९६१ मा उनले विज्ञान विषयमा उच्च माध्यमिक प्रमाणपत्र आनन्दमोहन कलेजबाट उतिर्ण गरेका थिए। उनले १९६५ मा ढाका विश्वविद्यालयबाट स्नातक गरे र १९६६ मा उही विश्वविद्यालयबाट स्नातकोत्तर उतिर्ण गरेका थिए। ढाका विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा उनी मुनिर चौधरी, अहमद शरीफ, हुमायुन आजाद, नीलिमा इब्राहिमको सम्पर्कमा आए र प्रगतिशील विचारहरूसँग परिचित हुने मौका पाएका थिए।

कार्यकाल सम्पादन गर्नुहोस्

हक चार दशकसम्म विश्वविद्यालय ढाकामा बङ्गाली विभाग को एक सङ्काय सदस्य थिए। उनले सन् १९८२ देखि लोकायातम नामक एक साहित्यिक पत्रिकामा सम्पादकको रूपमा काम गरिरहेका छन्।

विचारधार सम्पादन गर्नुहोस्

आबुल कासिम फजलुल हक एक नैतिक राजनीतिक दार्शनिक हुन्। उनका सबै लेखहरूले राम्रो भविष्य सिर्जना गर्ने विचार र आशा व्यक्त गर्दछ। उसको कार्य उन्मुख सोच अभ्यास संग जोडिएको छ।[६]

कृतिहरू सम्पादन गर्नुहोस्

  • मुक्ति सोङ्ग्राम (মুক্তিসংগ্রাম, सन् १९७२)
  • कालेर जात्रार ध्वनि (কালের যাত্রার ধ্বনি, सन् २००४)
  • एकुशे फेब्रआरी आन्दोलन (একুশে ফেব্রআরি আন্দোলন, सन् १९७६)
  • मानुष ओ तार परिवेश (মানুষ ও তার পরিবেশ, सन् १९८८)
  • साहित्यचिन्ता (সাহিত্যচিন্তা, सन् १९९५)
  • राजनिती ओ दर्शन (রাজনীতি ও দর্শন, सन् १९८९)
  • बङ्गलादेशेर राजनितीते बुद्धिजीवीदेर भूमिका (বাঙলাদেশের রাজনীতিতে বুদ্ধিজীবীদের ভূমিকা, सन् १९९७)
  • उनिशशतकेर मध्यश्रेनी ओ बाङला साहित्य (উনিশশতকের মধ্যশ্রেণি ও বাঙলা সাহিত্য, सन् १९७९)
  • माओ सेतुङेर ज्ञानतत्व (মাও সেতুঙের জ্ঞানতত্ত্ব, सन् १९८७)
  • साहित्य ओ सङ्स्कृति प्रसङ्गे (সাহিত্য ও সংস্কৃতি প্রসঙ্গে, सन् २००२)
  • श्रेष्ठ प्रवन्ध (শ্রেষ্ঠ প্রবন্ধ, सन् २०११)

अनुवाद सम्पादन गर्नुहोस्

  • राजनैतिक आदर्श (রাজনৈতিক আদর্শ, सन् १९७२)
  • नवजुगेर प्रत्याशाय (নবযুগের প্রত্যাশায়, सन् १९८९),

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

बङ्गलादेश लेखक शिविर पुरस्कार (বাংলাদেশ লেখক শিবির পুরস্কার (सन् १९७४);
बाङ्ला एकेडेमी पुरस्कार (বাংলা একাডেমী পুরস্কার (सन् १९८१);
आलाओल साहित्य पुरस्कार (আলাওল সাহিত্য পুরস্কার (सन् १९९७);
अलक्त साहित्य पुरस्कार (অলক্ত সাহিত্য পুরস্কার (सन् २००६)।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "যেভাবে চরমপন্থায় রূপ নিল উগ্র বাম আন্দোলন", BBC Bengali (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-२६ 
  2. "‘The conflict between secularists and the religious-minded must stop’", Dhaka Tribune, २०१७-१०-३१, अन्तिम पहुँच २०१९-०४-२६ 
  3. "সর্বস্তরে বাংলা ভাষা প্রতিষ্ঠার দাবি", Prothom Alo, Transcom Group, मूलबाट २०१९-०४-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-२६ 
  4. "পুরস্কারপ্রাপ্ত লেখক তালিকা – বাংলা একাডেমি" [List of Bangla Academy Literary Award recipients], Bangla Academy (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०४-२६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-२७ मिति
  5. সৈয়দ মোহাম্মদ শাহেদ সম্পাদিত বাংলা একাডেমী লেখক অভিধান; পরিবর্ধিত ও পরিমার্জিত সংস্করণ, সেপ্টেম্বর, ২০০৮; পৃষ্ঠা-৪৮, আইএসবিএন 984-07-4725--8
  6. কবীর, আলাউল (জুন ২০২২), "গণতন্ত্র বিনির্মাণে সংশপ্তক: আবুল কাসেম ফজলুল হক", কর্ষণ ২১ (১৬): ১৮৬–১৯৩। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्