आकाश देवी मन्दिर, अर्घाखाँची

आकाश देवि मन्दिर सन्धिखर्क - तम्घास सडक खण्डमा पर्ने अर्घाखाँची जिल्लाको भगवती गा वि स मा अवस्थित छ । भगवती गा वि स को मुटु बाईगाउँको ताराखसेमा अवस्थित यो मन्दिर हिन्दु धर्मालम्बिहरूको आश्थाको केन्द्र हो । मन्दिर स्थापनाको समयमा लेबासको गाँजमा पुजाआजा गरिन्थ्यो । समय क्रम अनुसार परिबर्तनको क्रममा शुरुमा दुर्गा माताको मन्दिरको स्थापना गरिएको भएता पनि विभिन्न समयमा भगवान शिव र भगवान गणेशको पनि मन्दिर स्थापना गरिएको छ । विशेषगरि हिन्दु धरमालम्विहरूको आश्थाको केन्द्र रहेको यस क्षेत्रमा जनै पुर्णिमा , कृष्ण जन्माष्टमी , हरितालिका तिज , दसैँ , फागु पुर्णिमा , शिवरात्रीरामनवमीको समयमा पुजा आजा हुन्छ । क्रिष्ण जन्माष्टमिमा रथ र रोपाइ जात्रा दशैँको द्वादशिको दिन सराय नाच तथा फागु पुर्णिमामा फागु नाचको आयोजना हुने यो ठाउँ एक पर्यटकिय स्थलको रूपमा रहेको छ र यदि प्रयाप्त प्रचार प्रसार गर्नेहो भने यस क्षेत्रलाई अर्घाखाँची जिल्लाकै एक महत्त्वपुर्ण पर्यटकिय स्थलको रूपमा चिनाउन सकिन्छ ।

विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय यसको मर्मत तथा प्रचारप्रसारमा लागेका छन् । मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्ने गर्दछ ।

इतिहास

मन्दिर परिसरमा किंवदन्तीअनुसार परापूर्वकालमा उल्का पात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो । सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको जनविश्वास रहिआएको मन्दिरका पुजारी मरासिनीले बताए।

“अहिले उक्त पोखरी यहाँ भेटिँदैन । यति ठूलो महत्व बोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पूर्वमा परापूर्वकालदेखिको एउटा गाज रहेको छ, जहाँ नाग भगवान्को स्थापना भएको छ”, उनले भने, “नागदेवताले रगतको बलि नखाने हुँदा उक्त पोखरीमा बलिको रगत पारिँदैन । यो गाजमा ठूलो दैविक शक्ति रहेको जनविश्वास छ ।”

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्