आइमेश

मिडिया र फाइल साझेदारी अनुप्रयोग

आइमेश नौँ भाषामा उपलब्ध मिडिया र फाइल साझेदारी अनुप्रयोग थियो जसले स्वामित्व, केन्द्रीकृत पियर टू पियर नेटवर्कको प्रयोग गर्थ्यो ।[१] आइमेश अनुप्रयोग आइमेश नामक अमेरिकी कम्पनीद्वारा निर्माण गरिएको थियो जसले विश्वभर विकास केन्द्र कायम राखेको थियो । सन् २००९ मा यो संयुक्त राज्य अमेरिकाको सबै भन्दा प्रसिद्ध सङ्गीत सदस्यता सेवाका सूचीमा तेस्रो स्थानमा थियो ।[२]

आइमेश
निर्माणकर्ता (हरू)आइमेश
मौलिक संस्करणनोभेम्बर १९९९
प्रोग्रामिङ भाषासी++
सञ्चालन प्रणालीविन्डोज
आकार१४ एमबी
प्रकारपियर टू पियर
अनुमति पत्रस्वामित्व
वेबसाइटwww.imesh.com Edit this on Wikidata

आइमेशले रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिकाको स्वीकृति पाएको प्रथम पियर टू पियर सेवा प्रदान गरेको हुनाले अमेरिकी र क्यानाडेली प्रयोगकर्ताहरूले प्रिमियम सदस्यता वा "टू गो" सदस्यता लिई निश्चित शुल्कमा आफूले मन पराएका गीत र श्रव्य फाइल आफ्नो कम्प्युटरमा भर्न मिल्थ्यो । खुला सङ्गीत मोडलले सदस्यताको यो दृष्टिलाई मान्यता दिएको थियो । अमेरिकी र क्यानाडेली प्रयोगकर्ताहरूले सदस्यता नलिई प्रत्येक गीत वा श्रव्य फाइललाई $०.९९ मा खरिद गर्ने विकल्प पनि उपलब्ध गराइएको थियो ।

सेप्टेम्बर २०१३ मा आइमेशको वेबसाइट ह्याक भई अनुमानित ५ करोड प्रयोगकर्ताका इमेल, पासवर्ड र आइपी ठेगाना जस्ता संवेदनशील जानकारीलाई सन् २०१६ मा डार्कनेट बजारमा सार्वजनिक गरिएको थियो ।[३][४]

विघटन सम्पादन गर्नुहोस्

जून १९, २०१६ मा पूर्व सूचना सार्वजनिक नगराई नै आइमेशले आफ्नो सङ्गीत सेवाको विघटन गरे ।[५] आइमेश वेबसाइटको गृहपृष्ठमा लेखिएको थियो, "आइमेश अब देखि अनुपलब्ध भएको सूचना दिनुपरेकोमा हामी दु:खी छौँ ।"[६] सहयोग पृष्ठमा लेखिएको थियो, "सङ्गीत उद्योगमा आएका परिवर्तनले गर्दा आइमेशमा गीतसङ्गीत अब देखि अनुपलब्ध भएको सुनाउनुपर्दा हामीलाई दु:ख लागिरहेको छ ।"[७] आइमेशको फेसबुक पृष्ठमा लेखिएको थियो, "उत्कृष्ट सङ्गीतको धेरै साल पछि आइमेशको विघटन भएको छ । हामीलाई साथ दिनुभएको र हाम्रो सेवामा सदस्यता लिनुभएकोमा धन्यवाद । हाम्रो अर्को उद्यमको लागि हामीसँग सम्पर्कमा रहिरहनुहोला ।"[५] आइमेशको सामाजिक सञ्जाल सुविधाको प्रयोग गरी आफ्ना प्रियजनहरूसँग सम्पर्क राख्न नसकिने हुँदा प्रयोगकर्ताहरूले टिप्पणीमा आफ्नो निराशा व्यक्त गरे ।[५]

कानूनी पक्ष सम्पादन गर्नुहोस्

रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिका मुद्दा सम्पादन गर्नुहोस्

सेप्टेम्बर १८, २००३ मा रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिकाले प्रतिलिपि अधिकारको हननको प्रोत्साहनको आरोपमा आइमेशलाई अदालतमा नासिल गर्यो ।[८] नासिल गरेको झन्डै १० महिना पछि जुलाई २०, २००४ मा आइमेशले रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिकालाई $४१ लाख तिरेर आफ्नो सेवालाई निरन्तरता दिने कुरा भयो । यसको फलस्वरूप आइमेश ६.० मा शुल्क सदस्यताको परिचय भयो ।[९] आइमेशले शुल्क सदस्यता समावेश गरेको संस्करण सन् २००४ मा सार्वजनिक गर्ने घोषणा गरे पनि प्राविधिक समस्याका कारणले सन् २००५ मा छैठौँ संस्करण सार्वजनिक गरियो ।[१०][११]

वैधता सम्पादन गर्नुहोस्

आइमेशलाई १ करोड ५० लाख अनुमति पत्र दिइएका गीत र भिडियो राखी पुनः सार्वजनिक गरिएको आइमेशको वैधतालाई रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिकाले नै प्रमाणित गरेको थियो ।[१२][१३]

अडिबल म्याजिकद्वारा प्रदान गरिएको अकुस्टिक छाप रद्द गर्ने सुविधाले गर्दा आइमेश ६.० र पछिल्लो संस्करणले कानूनी मान्यता पायो ।[९]

मोशन पिक्चर्स असोसिएसन अफ अमेरिकासँग गरेको साझेदारी अनुसार आइमेशमा १५ एमबी भन्दा ठूलो र १५ मिनेट भन्दा लामो फाइलको साझेदारी गर्न रोक लगाइएको थियो ।[१४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "iMesh - Over 15,000,000 Music downloads and MP3's - 100% legal" [आइमेश - १,५०,००,००० भन्दा बढी श्रव्य फाइल - १००% वैध], जुलाई ३०, २००८, मूलबाट जुलाई ३०, २००८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-१४ मिति
  2. स्टाफ, एडिट (मार्च ८, २००९), "Indie Music Rights Agency Merlin Adds Tracks To P2P Network iMesh" [स्वतन्त्र सङ्गीत अधिकार एजेन्सीद्वारा पियर टू पियर आइमेश नेटवर्कमा ट्र्याकको जडान], पेड कन्टेन्ट  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१३ मिति
  3. "iMesh hack: More than 51 million user records from former filesharing site for sale on dark web" [आइमेश ह्याक: ५ करोड भन्दा बढी प्रयोगकर्ता तथ्याङ्क डार्क वेबमा], जून १३, २०१६। 
  4. "iMesh case on haveibeenpwned.com" [आइमेशको मुद्दा डार्क वेबमा] 
  5. ५.० ५.१ ५.२ "iMesh - After many years of wonderful music, iMesh is no... | Facebook" [आइमेश - उत्कृष्ट सङ्गीतको धेरै साल पछि आइमेशको विघटन], जून ९, २०१६, मूलबाट डिसेम्बर २८, २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२८ मिति
  6. "iMesh support" [आइमेश सहयोग], जून ९, २०१६, मूलबाट डिसेम्बर २१, २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-२१ मिति
  7. "iMesh Support and Knowledge Base" [आइमेश सहयोग र ज्ञानको आधार], जून ९, २०१६, मूलबाट डिसेम्बर २८, २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२८ मिति
  8. "Recording Industry Files Copyright Infringement Claims Against P2P Service" [रेकर्डिङ इन्डस्ट्रीद्वारा पियर टू पियर सेवालाई प्रतिलिपि अधिकार हननको आरोपमा अदालतमा नासिल], रिआ। 
  9. ९.० ९.१ "MP3.com" [एमपी ३ डट कम], एमपी ३ डट कम, मूलबाट फेब्रुअरी ११, २००९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-११ मिति
  10. "IMesh Looks to Go Legal" [आइमेशको वैधता], पिसी वर्ल्ड  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-२२ मिति
  11. "Legal P2P opens for business" [वैध पियर टू पियरको सुरुवात], सीनेट 
  12. "Where Can I Download Free Music?" [नि:शुल्क गीत कहाँ डाउनलोड गर्न सकिन्छ ?], लीगल फ्री म्यूजिक डाउनलोड्स, मूलबाट मार्च ४, २०१३-मा सङ्ग्रहित। 
  13. "RIAA List of Legal Download sites" [वैध सङ्गीत डाउनलोड वेबसाइटका रिआ सूची], रिआ। 
  14. "Peer-to-Peer Goes Legit" [पियर टू पियर अब वैध]