अष्टिम्की चित्र

पश्चिममा थारू लोककला अन्तर्गत अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमी चाडका अवसरमा बनाइने चित्र लाई अष्टिम्की चित्र भनिन्छ।

अष्टिम्की चित्र घरको पिढीको भित्तामा बनाइन्छ। थारू लोककला अध्ययन गरिरहनुभएका देवेन्द्र थुम्केलीले पौराणिक, सृष्टि तथा वर्तमान थारू चलनका चित्र गरी अष्टिम्की चित्रलाई तीन भागमा बाड्नुभएको छ। चतुर्भुज आकारमा बनाइने यस चित्रको किनारा अत्यन्त कलात्मक हुन्छ। चित्रको शीर्ष भागमा यस पर्वका नायक श्रीकृष्णको चित्र हुन्छ। त्यसको तल दायातर्फ सूर्य र बायातर्फ चन्द्रमाको चित्र हुन्छ। सोही लहरमा हातमा छाता लिएका पाच पुरुषको चित्र हुन्छ। यसलाई पाच पाण्डवको प्रतीक मानिन्छ। बनवासका क्रममा उहाहरू विभिन्न देश घुम्न जानुभएको झलक प्रस्तुत गर्दै उक्त चित्रमा उहाहरूले घाम पानीबाट जोगिन छाता लिनुभएको देखाइन्छ। दोस्रो लहरमा काधमा बन्दुक भिरेका सात जनाको चित्र हुन्छ। यसले सय भाइ कौरवको प्रतिनिधित्व गर्छ। कौरवहरू लडाइामा रुचि राख्ने भएकाले उक्त प्रतीक राखिएको हुनसक्ने विचार थारू संस्कृतिमा रुचि राख्नुहुने सिसहनिया-१, दाङ, देउखुरीका कामताप्रसाद चौधरीको छ। यही लहरमा कतै कतै सात महिलाको चित्र पनि बनाउने गरिएको र त्यसले द्रौपदीको प्रतिनिधित्व गर्ने गरेको जानकारी आफूले पाएको देवेन्द्र थुम्केलीले काठमाडौा विश्वविद्यालयका लागि २०६५ सालमा गर्नुभएको 'थारू लोककला' शीर्षकको अध्ययनमा उल्लेख गर्नुभएको छ। यसरी चित्र बनाउने व्यक्ति अनुसार चित्र फरक पर्न गएको पनि देखिन्छ।

अष्टिम्की चित्रमा महाभारतसागै रामायणको कथा पनि समावेश गर्ने गरिएको देखिन्छ। बाह्र टाउका भएको 'बरमुरवा' अर्थात् रावणलाई चित्रको मध्य भागमा स्थान दिइएको हुन्छ तर उनले खराब पात्रको प्रतिनिधित्व गर्ने भएकाले त्यहा सिन्दूर टीका लगाइादैन। कसैले झुक्किएर त्यस चित्रको पूजा गरेमा उनका केटाकेटी खराब चरित्रका, रुन्चे आदि हुने विश्वास गरिन्छ। यसमा बिहेको डोली, डोलाको चित्र पनि हुन्छ। यसलाई राम र सीताको विवाहको प्रतीकको रूपमा लिइन्छ। बीच बीचमा मादले, नर्तकीहरूका चित्रले पनि ठाउ पाएका हुन्छन्। यसवाहेक हात्ती, घोडा, उाट, कुखुरा, वनजङ्गल, माछा, मयुर आदिको चित्रले पनि अष्टिम्कीमा ठाउा पाएका हुन्छन्।

हिन्दू परम्परामा व्रहृमालाई सृष्टिकर्ता मानिए जस्तै थारू लोकोक्तिमा 'गुर्बाबा'लाई सृष्टिकर्ता मानिन्छ। सोही सृष्टिकथा पनि अष्टिम्की चित्रमा चित्रण गरिएको पाइन्छ। पृथ्वीमा जलैजलले भरिएको बेला गुर्बाबाले गाड्यौलालाई पातालमा माटो लिन पठाई पृथ्वीलाई थलमा परिणत गरेको कथा 'गुर्बाबाक् जल्मौटी' कथामा उल्लेख छ। सोही अनुसार गाड्यौला, कछुवा, गागटा, गोही, माछा, सर्प जस्ता प्राणीको चित्रले त्यस बेलाको सृष्टिको कथा बोक्छ। पृथ्वीलोकमा प्रलय हुादा गुर्बाबाले वेदलाई डुङ्गामा चढाई जोगाएको कथा अनुसार अष्टिम्कीको चित्रमा डुागाले पनि अनिवार्य स्थान पाएको हुन्छ।

अष्टिम्की चित्र बनाउने चित्रकार दिनभरि निराहार बस्नुपर्ने चलन यस परम्पराको एउटा महत्वपूर्ण पाटो हो। यसलाई बिटुलो पार्न पाइदैन। यसले चित्रको धार्मिक महत्वमाथि थप प्रकाश पार्छ। निराहार नबस्नेले साझ यसको पूजा गर्छन्। केटाकेटीका लागि चित्र कोर्न छेउमा खाली ठाउ छुट्याइएको हुन्छ। यसले गर्दा केटाकेटीमा सानैदेखि चित्र कोर्ने अभ्यास बसाल्छ। यस किसिमको चित्र कोर्ने परम्परा पश्चिमी थारूहरूको अन्य चाडपर्वमा पाइदैन।

  • साभारः [१] : अष्टिम्की चित्रमा थारू लोककला