श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चमर, मत्स्ययुग्म, छत्र, शङ्खको संयुक्त रूपलाई (संस्कृत) अष्टमङ्गल (तिब्बती: བཀྲ་ཤིས་རྟགས་བརྒྱད་;[][] चिनियाँ: 吉祥八宝 Jíxiáng bā bǎo) भनिन्छ| हिन्दु, जैन तथा बुद्ध धर्ममा यसको बिषेश स्थान छ| विषेशत: अष्टमङ्गलयुक्त कलशलाई पूर्ण कलश भनिन्छ र यसलाई शुभ साईत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ | परम्परानुसार अष्टमङ्गलका चिन्हहरूमा केही भिन्नता पनि भेटिन्छ । जस्तै नेपालको परम्परामा रहेको चामरको स्थानमा तिब्बती पराम्परामा धर्मचक्रको प्रयोग भएको छ । यस्तै हिन्दु र जैन परम्परामा केहि आठ चिन्ह मध्ये केहिं चिन्हहरू फरक छन् । यी आठ चिन्हहरूको आ-आफ्नै प्रतिकात्मक अर्थहरू छन् । यी चिन्हहरू ध्यान साधनामा र शिक्षणमा प्रयोग हुन्छ ।

पूर्ण कलशः आठैवटा मङ्गल चिन्हहरूले सजाइएको कलश

बौद्ध परम्परामा अष्टमङ्गल

सम्पादन गर्नुहोस्
 
अष्टमंगलदेवी प्रतिमा (१८ आैं शताब्दि)

महायान वज्रयान बौद्ध परम्परामा अष्टमङ्गल चिन्हहरूको प्रचलन विहारहरू लगायत घरघरमा तथा सार्वजनिक स्थानहरूको कलाकृतिमा समेत देख्न सकिन्छ । भगवान बुद्धले बोधिबृक्ष मुनि बोधिज्ञान लाभ भएको दिन देवलोकवाट देवताहरू आर्इ यी आठ चिजहरू दान दिएको मानिन्छ । बौद्ध कलामा अति प्रचलित यी चिन्हहरू आध्यात्मिक तथा भौतिक संबृद्धिको समेत कारकको रूपमा मानिन्छ । तसर्थ विहार तथा निजी घरहरूको मूल द्वारहरूमा यी चिन्हहरू चित्रकलामा वा काष्ठकला वा धातुकलामा अंकित गरिएको पाइन्छ । विषेशतः नव विवाहिता दम्पतिको, जंको गरेका जेष्ठब्यक्तिको र अन्य गण्यमान्य ब्यक्तिको स्वागत गर्न यी चिन्हहरू अंकित गरी द्वार सजाउने प्रचलन बौद्धहरूमा प्रचलित छ । नयाँ घर निर्माण सम्पन्न पछि गरिने गृहारम्भ, गृहप्रतिष्ठा पूजा आदि अवसरहरूमा अष्टमङ्गल अंकित माला वनाई घरलाई घेर्ने परम्परा पनि अद्यापि चलिआएको छ । नेवार बौद्ध परम्परामा प्रत्येक शुभ अवसरहरूमा (विवाह, म्हःपूजा, घर छोडेर कतै बाहिर जाँदा आदि) सगुन दिंदा अष्टमङ्गल सम्वन्धी स्तोत्र मङ्गलाष्तव[] वाचन गर्ने गरिन्छ । नेपाल वाहेक तिब्बत, भूटान, चीन र मंगोलिया आदि देशहरूमा अष्टमङ्गलको बढी प्रयोग भएको पाइन्छ । तिब्बती परम्परामा यी आठ मङ्गल वस्तुहरू धारण गरेका देवी तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवीको नामले प्रसिद्ध छ । अष्टमङ्गलका आठ चिन्हहरू निम्नानुसार छन् ।

  1. श्रीवत्स
  2. पुण्डरिक
  3. ध्वज
  4. कलश
  5. चमर
  6. मत्स्ययुग्म
  7. छत्र
  8. शङ्ख

यी चिन्हहरूको अर्थ विभिन्न स्रोतहरूमा विभिन्न तरिकाले गरेको पाइन्छ । ती मध्ये वढी प्रचलित अर्थबोधहरू निम्नानुसार छन् ।[]

 
श्रीवत्स

श्रीवत्स (संस्कृत भाषा) (अंग्रजीः The endless knot, तिब्बती: དཔལ་བེའུ་)[] डोरीको गाँठो वा ग्रन्थीको स्वरूपमा हुन्छ । शाब्दिक अर्थमा यसको अर्थ 'श्री' ले प्रेम गरेको भन्ने हुन्छ । 'श्री' भनेको लक्ष्मी हो र विष्णुको छातीमा लक्ष्मीको यो चिन्ह हुनुले विष्ण्र र लक्ष्मीको अगाढ प्रेम चित्रित गर्दछ । लक्ष्मी श्रीसम्पति र असल भाग्यका देवी हुनुले यो चिन्ह मङ्गल चिन्हको सूचीमा पर्न गएको हो । यो चिन्ह कृष्णको छातीमा पनि रहेको मानिन्छ । यस प्रकारको गाँठो वा ग्रन्थीको चिन्ह सिन्धुघाटीको सभ्यतामा भेटिएका माटाका टकहरूमा पनि भेटिएका छन् जसले यस चिन्हको प्रयोगको प्राचीनता सिद्ध गर्दछ ।

बौद्ध परम्परामा यस अनन्त गाँठोको चिन्हलाई भाग्यशाली चित्रका रूपमा लिइन्छ । स्वस्तिक झै अनन्त घुमिरहेको भाव यस चिन्हले समेत्ने भएकाले यसलाई श्रीवत्स-स्वस्तिकको रूपमा पनि मान्ने गरिन्छ । चीनमा यस चिन्हलाई दीर्घायु, निरन्तरता, प्रेम र सामञ्जस्यताको प्रतिकका रूपमा लिइन्छ । बौद्ध परम्परामा यसलाई बोधिचित्त, बुद्धको अनन्त प्रज्ञा र करूणाको प्रतिकका रूपमा लिइन्छ । अर्को अर्थमा यसलाई बुद्धको शिक्षा मध्येको प्रमुख प्रतित्यसमुत्पाद र अनन्त भवचक्रको रूपमा पनि लिइन्छ । बौद्ध दर्शनमा यसलाई प्रज्ञा र उपायको गाँठो, शुन्यता ज्ञान र प्रतित्यसमुत्पाद ज्ञानको अविभाज्यता, धर्म दर्शन र जीवनको अन्तरसम्वन्धको प्रतिकको रूपमा प्रयोग गरिन्छ।[] यस वाहेक यस चिन्हले संसारका प्रत्येक तत्वहरूको एक आपसमा हुने अन्तरसम्वन्धको सत्य, कार्य र कारणको सम्वन्ध, आदि र अन्त रहित नहुनु, बुद्धको अनन्त प्रज्ञा, समयसम्वन्धी भ्रमपूर्ण धारणा आदि अवघारणाहरूको समेत प्रतिनिधित्व गर्दछ ।

 
पुण्डरिक (पद्म)

पुण्डरिका अर्थात् कमलको फूल (संस्कृतमा पद्म; तिब्बती: པད་མ་) काय वाक चित्तको पवित्रताको प्रतिकको रूपमा अष्टमङ्गलको दोस्रो चिन्ह कमलको फूल राखिएको हो । धमिलो हिलोबाट उत्पत्ति भएर पनि त्यस हिलोको एक थोपा त्यसको पातमा नलाग्ने अर्थमा कलमको फूलले तृष्णा र उपादानबाट मुक्त अवस्थाको प्रतिनिधित्व गर्दछ । यस वाहेक कमल महाभिनिष्क्रमण, कुशलकर्मको संवर्द्धन आदिका पनि प्रतिक हुन् । कुनै पनि देवी देवताहरू कमलको फूल माथि वसाइनुको अर्थ त्यस देवी देवताको पवित्रता, सम्पन्नता, सम्पूर्णता झल्काउनु हो । यसलाई अर्को अर्थमा सबै बुद्ध बोधिसत्वहरू भवलोकमा नै उत्पन्न हुन्छन् तर तिनीहरू भवलोकका क्लेशहरू, मनो दुर्बलता र मोह अविद्याबाट टाढा रहेको हुन्छ ।

 
ध्वज

ध्वज (संस्कृत), (तिब्बती: རྒྱལ་མཚན་) - ध्वज वा झण्डा युद्धमा प्रयोग गरिने चिन्ह हो तसर्थ यसले युद्ध र विजयको प्रतिकात्मक अर्थ दिन्छ । तिब्वती परम्परामा एघार प्रकारका ध्वजहरू लेख्ने चलन छ यसले एघार प्रकारका क्लेशहरूलाई जित्ने ज्ञानलाई प्रतिनिधित्व गर्दछ । अप्सराहरूले बुनेको, बहुमूल्य हिरा ज्वाहरातको डांठ भएको, मगमग सुगन्ध भएको विजय ध्वज अज्ञानमाथिको विजय स्वरूप सुमेरू पर्वतमाथि गाडिएको ध्यान गरिन्छ । भगवान बुद्धले चार प्रकारका मारहरू (स्कन्धमार, मृत्युमार, क्लेशमार र देवपुत्र मार) माथिको विजयलाई इंकित गर्न पनि यस ध्वजको प्रयोग गरिन्छ ।[] अर्को अर्थमा, बुद्ध शिक्षा संसारभरि भएको प्रसारको प्रतिकको रूपमा पनि ध्वजलाई लिइन्छ ।[]

 
कलश

कलश (तिब्बती: གཏེར་ཆེན་པོའི་བུམ་པ་) स्वस्थ, दीर्धायु, संम्वृद्धि, ज्ञानको प्रतिक हो । जसरी कलशमा भरिपूर्ण अमृत सेवन गरी त्यो ब्यक्ति अमरत्व प्राप्त हुन्छ, त्यसरी नै बुद्ध शिक्षा अभ्यास गरी निर्वाणपद प्राप्त गरेको ब्यक्तिले अमृतपद प्राप्त गर्दछ । यो थेरवादी परम्परामा भिक्खु भिक्खुणीहरूले बोक्ने कुम्भको प्रतिक पनि हो । यस प्रकारको कलश वज्रयानी क्रियाहरूमा अभिषेक वा दिक्षा दिँदा प्रयोग गरिन्छ । सबैजसो संम्वृद्धिका देवताहरू जस्तै जम्वल, वैश्रवण, वसुन्धरा आदिको पादतलमा कलश राखिएको हुन्छ। वसुन्धरादेवीको प्रतिमालक्षणमा आधा ढल्किएको अनन्त रत्नहरूको धारा पोखिरहेको कलशमाथि उनको पाउ राखिएको हुन्छ । यस कलशमा हुने वैभव जति सुकै झिके पनि नरित्तिने, भरिपूर्ण रइरहने प्रकारको हुन्छ । यस कलशको मुख चिन्तामणि रत्न वा तीन रत्नहरू वा कल्प वृक्षले ढाकिएको हुन्छ। संम्वृद्धि सवैतिर प्रसारण होस् भन्ने उद्देश्यले र त्यस स्थानमा विद्यमान हुने सबैखालका मनुष्य अमनुष्य सत्वलाई सन्तुष्टि प्राप्त होस् भन्ने उद्देश्यले घर वा मन्दिरको जग मुनि, भञ्ज्याङ्गहरू, तीर्थस्थलहरू, पानीको मूल, नदी र समुद्र आदि महत्त्वपूर्ण स्थानहरूमा कलश गाडिने प्रचलन छ।

 
धर्मचक्र

[[चित्र:Espantamoscas pelo mono blanco MNA.JPG|left|thumb|134x134px| चमर (याक)को पुच्छरलाई धातुको डांठमा जडान गरी राजाहरू वा देवीदेवताको पुजामा हम्कन प्रयोग गरिन्छ । यस प्रकारको चामर रोगग्रस्त मानिसको रोग निको पार्न वैद्यहरूले प्रयोग गरिन्छ । जसरी चमर हम्किंदा शितलता प्राप्त हुन्छ र थाकेका यात्रुहरूले केहि पाउँछ त्यसरी नै संसाररूपी अनन्त यात्रामा रहेका प्राणीहरूलाई बुद्ध शिक्षा अभ्यासले त्यस अनन्त यात्राबाट वाहिर निकालिदिन्छ । तिब्वती परम्परामा अष्टमङ्गल चिन्हहरूको समूहमा चमर प्रयोग नभर्इ धर्मचक्र प्रयोग गरिन्छ । धर्मचक्र (संस्कृत) (तिब्बती: ཆོས་ཀྱི་འཁོར་ལོ་) गौतम बुद्धको सार धर्म र प्रथम पटक उपदेश देशना गरको महान घटनाको प्रतिकको रूपमा प्रयोग गरिन्छ ।

 
मत्स्ययुग्म

मत्स्ययुग्म (संस्कृत), (तिब्बती: གསེར་ཉ་[]) गंगा जमुनाको प्रतिकको स्वरूप प्रयोग गरिन्छ । यस वाहेक यस चिन्हले चीनी परम्परामा यिङ्ग याङ्गले जस्तै दुर्इ तत्वको सन्तुलित जोडबाट प्राप्त हुने पूर्णता जनाउँछ । उदाहरणका लागि चन्द्र र सूर्य नाडी, महिला र पुरूष, दिन र रात आदि जुन एकअर्काको परिपूरक हुन्छन् । माछा अति छिटो वढ्ने प्रजाति हुनाले यसलाई संवृद्धिको प्रतिकका रूपमा लिइन्छ । तसर्थ यस चिन्हले उत्पादनशीलता र उर्वरता जनाउँछ । बौद्धपरम्परामा समुद्रले प्रतिकात्मकरूपमा संसारलाई जनाउँछ । जसरी माछा पानीमा आनन्दपूर्वक, स्वतन्त्रपूर्वक, निर्भिकतापूर्वक तैरिन्छ वा खेल्छ, त्यसरी नै मुक्त ब्यक्तिहरू प्रशन्न र स्वच्छन्द भर्इ संसारमा बाँच्छ । यस प्रकारले यस जोडी माछाले मुक्त ब्यक्तिको महत्त्वपूर्ण गुणलाई जनाउँदछ ।

 
छत्र

छत्र (संस्कृत) (तिब्बती: རིན་ཆེན་གདུགས་[]), अर्थात् छाता सुरक्षा र प्रतिष्ठाको प्रतिकको रूपमा प्रयोग हुन्छ । जसरी छाताको प्रयोगले मौसम (घामको ताप, पानी) को प्रतिकूल प्रभाव रोक्छ त्यसरी नै सद्धर्म धारणले हानिकारक शक्तिहरू र रोगहरूबाट रक्षा गर्दछ । सद्धर्म ज्ञान उत्पन्न भए पछि यसले क्लेशको तापलाई रोकी शीतलता प्रदान गर्छ । सीतातपत्र देवी (सेतो छत्र) यो चिन्ह सँग सम्वन्धित देवी हुन जसलाई भयबाट रक्षा गर्ने देवीका रूपमा पूजिन्छ ।

छत्रको दोस्रो अर्थ सम्मान प्रतिष्ठा हो । उच्च ओहदाका ब्यक्तिहरूलाई ओहदानुसारको छत्र ओढाइन्छ । तसर्थ छत्रले त्यसको मुनि वस्ने ब्यक्तिको महत्त्व र ओहदा जनाउँछ ।

बौद्ध परम्परामा छत्रको डाँठ गाडिक्एरको विन्दुलाई ब्रह्माण्डको केन्द्र विन्दु मानिन्छ र छत्रको फिजिएको माथिल्लो भागले ब्यापकता जनाउँछ । बुद्ध शिक्षाले पाएको ब्यापकता, जनजनको मन जित्न सफल भएको बुद्धको शिक्षा भएकोले बुद्धलाई चक्रवर्ति पदबाट पनि पूजिन्छ । तसर्थ बुद्धको चक्रवर्ति पदको प्रतिक स्वरूप पनि छत्रलाई लिइन्छ । चैत्य/स्तुपको गुम्वजको माथि चतुकोणाकार हर्मिका हुन्छ र त्यस माथि राखिने त्रयोदश भुवन भनिने १३ चक्का वृतहरू यहि छत्र हुन् ।

दक्षिणावर्त शंख

सम्पादन गर्नुहोस्
 
शंख

दाहिने धुमेको शंख (संस्कृत) (तिब्बती: དུང་དཀར་གཡས་འཁྱིལ་) ले सुमधुर, गहिराई सम्म पुग्न सक्ने धर्मको ध्वनीको प्रतिक जुन ध्वनीले गहिरो अज्ञानको अवस्थाबाट ब्युँझाई दिन्छ। वास्तवमा शंखनाद (शंख बजाउनु) पूर्वकालहरूमा महत्त्वपूर्ण सभाहरू बोलाउनका लागि र युद्धमा आफ्नो शक्ति र सत्ताको प्रदर्शन गर्न प्रयोग गरिन्थ्यो । यस बाहेक शंखनादले अमङ्गललाई हटाउने, खराव आत्माहरूको प्रभावलाई रोक्ने, प्राकृतिक प्रकोप हुन नदिने र हानिकारक प्राणिहरूलाई तर्साउँछ भन्ने मान्यता रहेको छ ।[] बौद्ध परम्परामा शंखलाई धर्मको उद्धोषणाको प्रतिकको रूपमा प्रयोग गरिन्छ । धर्म उद्धोषणा रूपी शंखनादको स्वर अपाय नरक लोक सम्म पुग्छ र नरकवासीहरूलाई समेत मुक्ति पदमा आउन उत्प्रेरित गर्ने भन्ने मान्यता छ ।[] हिन्दुमान्यतानुसार शंख भगवान विष्णुको एक हातमा धारण गर्ने वस्तु हो ।

  1. १.० १.१ Sarat Chandra Das (1902). Tibetan-English Dictionary with Sanskrit Synonyms. Calcutta, India: mainly used in buddhismBengal Secretariat Book Depot, p.69
  2. Source: bkra-shis-rtags brgyad.
  3. मङ्गलास्तव, अनुच्छेद ९ श्रीवस्त पुण्डरिक ध्वजवर कलश चामर मत्स्य युग्म त्वंछत्र हेमदण्ड रविशशी उभयो दक्षिणावर्त शंख
  4. ४.० ४.१ Shakya, M.B., 2000. Sacred Art of Nepal: Nepalese Paubha Paintings: Past and Present. Handicraft Association of Nepal, Kathmandu.
  5. Source: Dpal be'u
  6. ६.० ६.१ Beer, R. 2003. The Handbook of Tibetan Buddhist Symbols. Serindia Publications, Inc. USA
  7. Source: gser nya
  8. http://www.buddhismgifts.com/articles-on-buddhism/meaning-buddhist-symbols/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-११ मिति
  9. http://windhorseart.com/about-ashtamangala-info-text वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०४ मिति