अर्थशास्त्रको प्राविधिक शब्दावली
अर्थशास्त्र मानविकी र सामाजिक शास्त्रको एक महत्त्वपूर्ण विषय हो । यसलाई सामाजिक शास्त्रहरूको रानी उपनामले पनि चिनिन्छ । यस विषयको व्यावहारिक महत्त्ले गर्दा नै शान्ति, साहित्य र भौतिक विज्ञानहरु बाहेक अन्तर्राष्ट्रिय स्तरको नोबेल पुरस्कार केवल अर्थशास्त्र विषयमा वितरण गरिन्छ । यस विषयलाई कलाहरूमा प्राचीनतम तर विज्ञानहरूमा नवीनतम पनि भनिन्छ । यसको अर्थ के हो भने यो एक प्राचीनतम विषय भए तापनि यसको शब्दावली आधुनिक र प्राविधिक छ । यसमा प्रयोग गरिने शब्द र अवधारणाहरूको विशिष्ट अर्थ हुन्छ ।[१][२]
अर्थशास्त्रको प्राविधिक भाषा
सम्पादन गर्नुहोस्अर्थशास्त्रको मेथडोलजीसका बारेमा प्राथमिक कुरा हो अर्थशास्त्रको प्राविधिक भाषा । अर्थशास्त्र सापेक्षिक रूपमा एक नयां विषय हो । यसका शब्दावली अन्य कुनै पनि विज्ञानभन्दा नयां र विशिष्ट छन् ।
अर्थशास्त्रको अंग्रेजी समानान्तर
सम्पादन गर्नुहोस्अर्थशास्त्रको अंग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ हो घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर वि.सं १८३३ (सन् १७७६) मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । एडम स्मिथले अर्थशास्त्रलाई वेल्थ अफ नेशन्स भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई पोलिटिकल इकोनोमी (राजनीतिक अर्थशास्त्र) नामकरण गर्ने प्रयास गरे । उन्नाइसौँ शताब्दीमा जर्मनमा संस्थानिक सम्प्रदायका (तथा वेबलन, मिचेल आदि) विचारकहरूले के अनुभव गर्न थाले भने यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ । त्यसैले उनीहरूले यस विषयलाई सोशल इकोनोमिक्स (सामाजिक अर्थशास्त्र) भन्नु उचित ठाने । एक थरी अर्थशास्त्रीहरु (कूर्नो, जेभन्स, पेरिटो, वालरस इत्यादि) ले आर्थिक क्रियाकलापलाई व्यक्तिगत आर्थिक क्रियाकलापका अध्ययनको रूपमा व्याख्या गर्न थाले । यसरी विभिन्न नामले ंसम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ शताब्दीमा अर्थशास्त्र भन्ने प्रचलन भयो । यसबाट के स्पष्ट हुन्छ भने अर्थशास्त्र शब्दले राजनीतिक, सामाजिक र व्यक्तिगत तीन प्रकारका आर्थिक क्रियाकलापलाई सङ्केत गर्छ ।[३][४]
अर्थशास्त्रमा प्रयुक्त मुख्य शब्द
सम्पादन गर्नुहोस्सर्वप्रथम अर्थशास्त्रको नाममा प्रयुक्त मुख्य शब्द अर्थलाई लिउ । अमरकोशमा अर्थ शब्दका पर्यायहरु निम्नलिति छन्– द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि । यी मध्ये प्रत्येक शब्दको एउटा अभिधेय अर्थ धन हो यस बाहेकका तात्पर्यहरु कोष्ठमा उल्लेख गरिएको छ–
- द्रव्य (बहुमूल्य पदार्थ),
- वित्त (आम्दानी स्रोत),
- स्वापतेय (व्यक्तिगत स्वामित्वको धन),
- रिक्थ (उत्तराधिकारमा पाएको धन),
- ऋक्थ (प्रभाव),
- धन,
- वसु (मूल्यवान्, असल),
- हिरण्य (सुन र सुनले बनेको),
- द्रविण (बल, सार),
- द्युम्न (आभा, कीर्ति, उत्साह),
- अर्थ,
- रा (शान, शौकत),
- विभव (सम्पन्नता) ।
- यस प्रकार अर्थ शब्दका तीन मुख्य तात्पर्य हुन्छन्–
- धन,
- भावार्थ, र
- शक्ति ।
संस्कृतमा स्वलाई पनि अर्थ भनिएको छ, जस्तै राजस्व । स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्रस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।
नेपाली वृहत् शब्दकोशको वि.सं.२०४१ संस्करणमा अर्थ शब्दका पर्यायहरू यस प्रकार उल्लेख गरिएको छ– अभिप्राय, आशय, अभिधा, लक्षणा, व्यञ्जना, निमित्त, काम, चार पुरुषार्थमध्ये एक, धन, सम्पत्ति, विनिमयको माध्यम, सुन र चादी ।
नेपाली वृहत् शब्द कोशको वि.सं.२०६७ को संस्करणमा यसरी उल्लेख छ,
१. माने, मतलब, तात्पर्य, अभिप्राय ।
२. शब्दबाट प्रकट हुने मानव हृदयको आशय, शब्दशक्ति ।
३. अभिधा, लक्षणा व्यञ्जनाबाट बोध हुने तात्पर्य ।
४. हेतु, निमित्त, प्रयोजन ।
५. काम, इष्ट ।
६. इन्द्रियको विषय ।
७. धर्म, अर्थ, काम, मोक्ष चा® पुरुषार्थमध्ये एक ।
८. धन, सम्पत्ति, ऐश्वर्य ।
९. विनिमयको माध्यम ।
१०. मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चा“दी आदि ।
११. मूल्य निर्धारित द्रव्य ।
धन र भौतिक वस्तु
सम्पादन गर्नुहोस्एडम स्मिथ र उनका अनुयायीहरूले धन भनेको केवल भौतिक वस्तु हो भन्ने ठान्दथे । अभौतिक वस्तु पनि धन हुनसक्छ भन्ने धारणाको विकास मार्क्सको पूजी भन्ने पुस्तक प्रकाशन पछि मात्र अनुभवमा आएको हो । सबै पूजी धन हुनसक्छ तर सबै धन पूजी हुन सक्दैन भन्ने अवधारणाको विकास पनि धेरै पछि त्यसबेला भएको हो जब यूरोपियन अर्थशास्त्रीहरूले धन र पू“जीमा अन्तर गरेका थिए ।
आर्थिक शब्दावलीको निर्माण
सम्पादन गर्नुहोस्अर्थशास्त्रमा उत्पादनका साधनहरू भूमि, श्रम, पूंजी र उद्यमको रूपमा परिभाषित भइ प्रत्येकको प्रतिफलका लागि प्राविधिक शब्दहरूको प्रयोग हुन लगभग एक शय वर्ष लागेको छ । पूजीलाई उत्पादनको महत्त्वपूर्ण साधनको रूपमा प्रतिष्ठित गराउने श्रेय जेभन्सलाई जान्छ । संयुक्त पूंजी कम्पनीको विकास भए पछि उद्यम र सङ्गठनको कार्य विभाजन भएको हो । भौतिक विज्ञानको शब्दावली वि.सं.२०२६ पछि प्रयोग हुन थालेको हो । व्यष्टि आर्थिक विश्लेषणको आधार सीमान्तको अवधारणा हो । जसको विकासमा क्याम्ब्रिज, अस्ट्रियन र गणितीय सम्प्रदायका अर्थशास्त्रीहरूको योगदान छ ।[५]
आदर्शतमीकरण
सम्पादन गर्नुहोस्अर्थशास्त्रमा आदर्शतमीकरणका लागि गणितीय अवकलनका विधिहरूको प्रयोग हुन्छ । यसको आधार सीमान्तको अवधारणा हो । अर्थशास्त्रमा आज ज्यादै सामान्य मानिएको यस अवधारणाको विकास हुन करीब एक शय वर्ष लागेको छ । गणित, तथ्याङ्क र अर्थशास्त्रको मिश्रणले आर्थिक मोडेल निर्माण गर्ने एक नया“ विश्लेषण प्रारम्भ भएको छ जसलाई अर्थमिति वा आर्थिक मोडेल निर्माण गर्नु भनिन्छ ।
नेपाली भाषा र आर्थिक शब्दावली
सम्पादन गर्नुहोस्आर्थिक विषयमा प्रतिपादन भएका अवधारणाहरु स्पष्ट गर्न नेपाली भाषाका प्रचलित शब्दहरूलाई अर्थशास्त्रीहरूले एक प्राविधिक अर्थमा प्रयोग गर्दछन् । त्यसैले के भनिन्छ भने अर्थशास्त्र विषयको आफ्नो छुट्टै भाषा हुन्छ । तर त्यसमा ह्रस्व, दीर्घ, शब्दमा एकरुपता, प्रयोगमा एकरुपता, लिङ्ग, र वचनको सही प्रयोग, नाम र विश्लेषणमा अन्तर गर्नु पर्छ । विभक्तिहरूमा उचित तरिकाले डिको दिनु पर्छ । शब्दको क्रम, क्रिया र सहायक क्रिया उत्तिकै शुद्ध हुनु पर्छ जत्तिको नेपाली व्याकरण विषयमा आवश्यक हुन्छ । अर्थशास्त्र विषयको शिक्षक भाषामा दक्ष हुनैपर्छ ।
अर्थशास्त्र एक साहित्यिक विषय होइन प्राविधिक विषय हो । यस विषयमा प्रयुक्त शब्दहरूको विशेष अर्थ हुन्छ । स्वयं अर्थशास्त्र नै एक पारिभाषिक शब्द बनेको छ । इकोनोमिक्स अङ्ग्रेजीको इकोनोमाइजिंग भन्ने शब्दबाट आएको छ जसको अर्थ हो किफायत गर्नु । तर पनि नेपालीमा किफायत शास्त्र भनिंदैन । हामीले जसलाई अर्थमन्त्री भन्छौं त्यसको अंग्रेजी अनुवाद वेल्थ मिनिस्टर हुनु पर्ने हो किनभने अर्थ धनको पर्याय हो तर अंग्रेजी अनुवाद फाइनान्स मिनिस्टर हुन्छ ।
अर्थशास्त्र विषयमा नेपाली शब्दहरूको जग
सम्पादन गर्नुहोस्अर्थशास्त्र विषयका नेपाली शब्दहरूको जग लगभग ५० वर्ष अघि बसिसकेको छ । अर्थशास्त्रका शिक्षक र विद्यार्थीहरूले धन, वस्तु, उपयोगिता, भूमि, श्रम, पूजी, उद्यम, लागत, आम्दानी, आय, लगान, ज्याला, ब्याज, नाफा, बजार मूल्य, स्थिर मूल्य इत्यादि शब्दहरूको अलग अलग अर्थ बुझ्दछन् । यी मध्ये केही शब्द प्राविधिक आधारमा प्रयोग गरिएका छन् भने केही शब्द सामान्य बोलीचालीबाट ल्याइएका छन् । यूरोपमा अर्थशास्त्रको नामकरण हुन मात्र पनि ११४ वर्ष लागेको थियो भन्ने कुरा बिर्सनु हुदैन । एडम स्मिथले सन् १७७६ मा एन इन्क्वाइरी इन्टु द वेल्थ अफ नेशन्स भनेको यो विषय सन् १८९० मा मात्र प्रिन्सिपल्स अफ इकानोमिक्स हुन सक्यो । जेभन्स र जे एस मिलले सुरु गरेको सीमान्त उपयोगिता डेरिवेटिभको रूपमा परिभाषित हुन लगभग १०० वर्ष लाग्यो ।
विशिष्ट प्रयोग
सम्पादन गर्नुहोस्अर्थशास्त्रमा दुर्लभता scarcity भनेको थोरै होइन पूर्तिको तुलनामा माग बढी हुनु हो भन्ने कुरा स्पष्ट हुन १६० वर्ष लागेको हो । नेपालीमामा उपयोगिता utility भनेको फाइदाजनक हो तर अर्थशास्त्रमा यसको अर्थ सन्तुष्टि दिने गुण हो । चुरोटखाने उपभोक्ता पनि अर्थशास्त्रमा विवेकशील हुन्छ यदि उसले अधिकतम सन्तुष्टि (उपयोगिता) प्राप्त गर्छ भने । तटस्थ भनेको मतलब नराख्नु हो तर अर्थशास्त्रमा तटस्थता रेखा भनेको बराबर महत्त्व दिनु हो । पूंजी शब्दको अर्थ केवल त्यो धन हो जुन उत्पादक हुन्छ । अहिले आएर पुंजी (ह्रस्व) लेख्ने चलन सुरु भएर कसैले (पुजी) ह्रस्व र कसैले (पूजी) दीर्घ लेख्ने गर्न थालेका छन् । औसतलाई कसैले औषत लेख्ने गरेको पनि पाइएको छ । सीमालाई कसैले सिमा, सीमान्तलाई सिमान्त लेख्ने गरेका छन् । यी सबैमा प्राविधिक पक्षलाई बढी महत्त्व दिनु पर्छ ।
केही उदाहरण
सम्पादन गर्नुहोस्- सबैले सामान्यतया स्वीकार गर्दै गएका केही उदाहरणहरु यस प्रकार हुनसक्छन्[६]
- सूक्ष्म अर्थशास्त्र भन्नुभन्दा व्यष्टि अर्थशास्त्र तथा वृहद् अर्थशास्त्र भन्नुभन्दा समष्टि अर्थशास्त्र भन्नु बढी प्राविधिक हुन्छ ।
- क्लासिकललाई शास्त्रीय, संस्थापित वा क्लासिकल भन्न सकिन्छ । क्लासिकल भन्दा बढी प्राविधिक हुन्छ ।
- अर्थशास्त्रमा भूमि भनेको केवल जग्गा जमीन वा माटो मात्र होइन, समस्त प्राकृतिक साधनहरु अर्थशास्त्रमा भूमि हुन्छन् ।
- श्रमको अर्थ आर्थिक उद्देश्यले गरिने शारीरिक वा मानसिक दुवै कार्य हो ।
- उपभोक्ताको बचत र केवल बचत भन्दा बचत शब्दका दुई भिन्न अर्थ छन् । उपभोक्ताको बचत वास्तवमा एक प्रकारको बेशी हो जुन काल्पनिक बचत जस्तो हो । उपभोक्ताको बचत भन्दा भ्रम सिर्जना हुन्छ । किनभने यसका लागि अङ्ग्रेजीमा सर्प्लस शब्द प्रयोग हुन्छ । त्यसैले नेपालीमा बेशी भन्नु उचित हुन्छ ।
- आय र आम्दानी दुई भिन्न कुरा हुन् । दुवै अवधारणका लागि शब्दहरूको घोलमेल प्रयोगले पाठकलाई अलमल गराउन सक्छ । इन्कमलाई आय र रिभेन्युलाई आम्दानी भन्नु यचित हुन्छ ।
- उत्पादनको साधन भन्नु भन्दा इनपुट बढी प्राविधि भइरहेको छ । तर यसको नेपाली शब्द कुन लिने स्पष्ट भइसकेको छैन । इनपुटलाई सोझै प्रयोग गर्ने वा आगत भन्ने शब्द प्रयोग गर्ने ?
- उत्पादक एक अस्पष्ट शब्द भएकोले फर्म नै उचित शब्द हुन्छ ।
- भ्यालु र प्राइसलाई मूल्य र अर्घ (दाम) भनेर भिन्नता गर्दा विषय वस्तुमा प्राविधिक गुण आउंछ ।
नेपाली भाषामा सर्वप्रथम लेखिएको पाठ्य पुस्तक सम्भवतः नरेशमान सिंहको अर्थशास्त्रको पुस्तक हो जुन रत्न पुस्तकबाट प्रकाशित भएको थियो । त्यसमा प्रयुक्त शब्दहरुमध्ये केही आज पनि यथावत नै प्रयोग भइरहेका छन् । केहीमा सुधार भएको छ । कही सुधारको क्रममा छन् । केही नयां शब्द प्रयोगमा आएका छन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ ज्ञवाली, बाबु राम, वि.सं.२०७२,.सञ्चार जगत, सामाजिक सञ्जाल, र नेपाली भाषा, जनसङ्घर्ष रजतमहोत्सव विशेष वि.सं.२०७२,पृ.२२३–२२६
- ↑ ज्ञवाली, बाबु राम, वि.सं.२०७०,नेपाली भाषा साहित्यिक भाषा मात्र होइन, सामाजिक प्राविधिक भाषा पनि हो, दुर्गा स्मारिका रजत जयन्ती अङ्क २०७०, टिकुलीगढ : दुर्गा मा. वि., दुर्गानगर, पृ ३–५।
- ↑ ज्ञवाली, बाबु राम, वि.सं.२०७१,कौटिलीय ग्रन्थ र आजको अर्थशास्त्र, तानेसन क्याम्पस स्मारिका, वि.सं.२०७१ तानसेन बहुमुखी क्याम्पस, पृ.४५–५२ ।
- ↑ ज्ञवाली, बाबु राम, वि.सं. २०६६, कौटिलीय अर्थशास्त्रको आर्थिक शब्दावली, पाठ्यक्रम विकास पत्रिका, वर्ष २४, पूर्णांक ३८, वि.सं. २०६६, पाठ्यक्रम विकास केन्द्र, त्रि.वि.वि. कीर्तिपुर, २०६६,पृ.२२–२९ ।
- ↑ ज्ञवाली, बाबु राम, अर्थशास्त्रीय शब्दहरूको यात्रा– केही मोडेल, दैनिक पत्र, साउन ३२, वि.सं.२०७०
- ↑ Gewali, Babu Ram, 2005,Comparison of Technical Terms of Oriental and Modern Economics, Social Studies Journal of Manigram, Vol. 2, 2005, p.12-17.